‘राई इज किंग’को सिड्नीमा धमाका


१ चैत्र २०७४, बिहीबार
rajesh payal rai 6

सिड्नी: ‘राई इज किंग’को नामले चिनिने चर्चित गायक राजेश पायल राईले सिड्नीमा धमाका मच्चाउने भएका छन् । बिहीबार सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलिया आइपुगेका राईले आगामी शनिवार हुने सांगीतिक कार्यक्रममा धामका मच्चाउने छन् ।

rajesh payal rai 6

 

गायक राई राजवंशी समाज अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा धामका दिन अष्ट्रलेलिया आएका हुन् । उनले आफ्ना हिट गीतहरू गाएर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिनेछन् । कार्यक्रममा उनीसँगै अष्ट्रेलीयामा रहेका गायकहरू बादल प्रसाईं, राज के गोस्वामी र दिल तामाङले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

कार्यकम अङग्रेजी मिति अनुसार मार्च १७ तारिहमा सिड्नीको हर्सभिले अडिटोरियम हलमा हुने छन् । राई बिहीबार सिड्नी आइपुगेका छन् । उनलाई एयरपोर्ट पुगेर आयोजक टोलीले भव्य स्वागत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७