राजेश पायल राईले फेरि पाए विदेशी भूमिमा सम्मान (भिडियोसहित)


७ फाल्गुन २०७४, सोमबार
rajesh payal rai 4 1

काठमाडौँ, ७ माघ । नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित तथा भर्सटायल गायक ‘राई इज किङ’का रूपमा परिचित गायक राजेशपायल राई विदेशी भूमिमा फेरी सम्मान पाएका छन् । साङ्गीतिक कार्यक्रमका लागि ‘वल्र्ड टुर’का क्रममा न्यूजिल्याण्ड पुगेका राईलाई क्रिष्टचर्च सिटीकी मेयर लिआनी डेजाइलले सम्मान गरेकी हुन् ।

rajesh payal rai 4 1
भुट्निज समाज क्रिष्टचर्चले आयोजना गरेको कार्यक्रममा मेयर लिआनीले गायक राईलाई खादा र सम्मानपत्रले सम्मान गरेकी थिइन् । उनले कार्यक्रममा राजेशपायललाई सम्मान मात्र गरिनन् उनका गीतमा तालीले साथ पनि दिइन् । राजेशपायलका सहयोगीले फेसबुकमा लाइभ गर्दा मेयर लिआनी निकै खुसी देखिएकी थिइन् ।
यसअघि सांगतिक यात्रा कै क्रम अमेरिकाका रोचेस्टर सिटीले सम्मान गरेको थियो । सिटीका मेयर लभ्ली बारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रूपमा सम्मानित गरेका थिए भने रोचेस्टर सिटिमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ नोभेम्बर ५ मा मनाइने पनि घोषणा गरेको छि ।
विश्व भ्रमणमा रहेका राजेश गत शनिवार विश्वको दक्षिणपूर्वी पेसिफिक ओसियनमा रहेको मुलुक न्यूजिल्याण्डमा गुञ्जिए । न्यूजिल्याण्डमा पहिलोपटक कार्यक्रम गर्नका लागि पुगेका राजेशपायलले न्युजिल्याण्डको क्रिष्टचर्च सिटीमा रहेको चाल्र्स लाने हलमा भव्य सोलो कार्यक्रम गरेका थिए ।

rajesh payal rai 5
सम्मान पाउनु अघि एकदुईवटा गीत गाएका राजेशपायलले सम्मान पछि भने गीतमार्फत बालबच्चादेखि अधवैशे उमेरसम्मका दर्शकलाई नचाउन भ्याए । उनले ‘दर्शन नमस्ते’, ‘नाइ नभन्नु ल’, ‘म त मर्छु कि क्या हो ठूली’, ‘सागर सरी चोखो माया’लगायतका दुई दर्जन बढी गीत सुनाएका थिए । राजेशलाई ‘सागर सरी चोखो माया’ गीतमा न्यूजिल्याण्ड बस्दै आएकी सत्य लीलाले स्वरमा साथ दिएका थिइन् ।

संस्थाका अध्यक्ष आकाश ड्रुग्बाले कार्यक्रम सोचे भन्दा भव्य र सभ्य बनेको बताए । कार्यक्रमकी संयोजकसमेत रहेकी सत्य लीलाले कार्यक्रममा कुनै पनि कमी कमजोरी हुन नदिएका कारण पनि कार्यक्रम उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । न्यूजिल्याण्डको कार्यक्रम सकेर राजेशपायल अस्ट्रेलिया गएका छन् । अस्ट्रेलिया पछि उनी दुबई, साइप्रस र कतारमा कार्यक्रम गर्नेछन् ।

राईले नेपाली भाषा, संस्कृति र सङ्गीतलाई विश्वमा प्रचार गरिरहेका छन् । उनले नेपाली बाहेक दर्जनौँ भाषामा गीत गाएका छन् । कुनै नेपाली गायक नगएको देश स्पेनको म्याड्रिड, नाइजेरियाको लेगोसमा पुगेर गीत गाएका छन् । राईले अफ्रिकी मुलुक नाइजेरियामा सांस्कृतिक कार्यक्रम नेपाली गीत गाएका छन् ।

rajesh payal rai 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७