नेपालको कपाल किन किनेन चीनले ?


५ चैत्र २०७४, सोमबार
hair

काठमाडौं, ५ चैत : कुनै समय नेपालबाट मान्छेको कपाल मरिहत्ते गरेर किन्ने चीनले अहिले कपाल किन्न छाडेको छ ।
चालु आर्थिक वर्षको सात महिनासम्मको आयात निर्यात तथ्याङ्क अनुसार नेपालबाट चीनतर्फ कपालको निर्यात भएको छैन ।hair

आर्थिक वर्ष २०७२–७३ को सात महिनासम्म एक करोड १५ लाख रुपैयाँको कपाल चीन निर्यात भएको थियो । तर त्यसयता नेपालबाट यो निर्यात हुन छाडेको छ । चाउचाउका लागि प्रसिद्ध चीनमा नेपाली चाउचाउको माग भने बढ्दो छ । अघिल्लो आवको सात महिनामा एक करोड रुपैयाँको चाउचाउ निर्यात भएकोमा चालु आवको समिक्षा अवधिसम्म दुई करोड ९५ लाख रुपैयाँको चाउचाउ निर्यात भएको तथ्याङ्क छ । नेपालबाट चीन निर्यात हुनेमा अगरबत्तीको माग पनि क्रमशः बढिरहेको छ ।

कस्मेटिङ सामग्री तथा खेलौना निर्माणका लागि चीनले नेपालबाट यस्तो कपाल खरिद गथ्र्यो । तर पछिल्ला दुई वर्ष नेपालीको कपाल चीनले खरिद गर्न छाडेको छ । हस्तकलाका सामग्री भने अघिल्लो आवको तुलनामा केहि घटेको छ । गार्मेण्ट, चिया र गहुँको पिठोको निर्यात बढिरहँदा ज्वेलरी, छालाजन्य बस्तुको निर्यात भने घटेको छ । साउनयता नेपालबाट केवल एक अर्ब ७७ करोड रुपैयाँको मात्र निर्यात भएको छ भने ८८ अर्ब ४५ करोड रुपियाँको निर्यात भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७