एक साथ दुई जलविद्युतले खुलाए शेयर, कुनमा कति हाल्न सकिन्छ ?


५ चैत्र २०७४, सोमबार
823 1521428779ipo

काठमाडौं, ५ चैत : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले एकैसाथ दोसो चरणको शेयर निष्कासन गरेका छन् । उनीहरुले आज चैत ५ गते (सोमबार) देखि एक साथ दोश्रो चरणको आइपीओ निष्कासन गरेका हुन् । 823 1521428779ipo

रसुवागढीले संस्थापक संगठित संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा रसुवा जिल्लाका सम्बन्धित स्थानी तह) र ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीहरुका लागि आइपीओ निष्कासन गरेको हो । यो कम्पनीले २३ लाख ९४ हजार ७ सय ३५ कित्ता शेयर संस्थापक संगठित संस्थाका कर्मचारीका लागि र ६ लाख ८४ हजार २ सय १० कित्ता शेयर ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीका लागि निष्कासन गरेको छ ।

माथि उल्लेखित संस्थाका २०६८ मंसिर २२ माा बहाल रहेका तथा सो मितिदेखि विववरणपत्र स्वीकृत भएको मिति २०७४ पुस २० सम्ममा थप भएका कर्मचारीले दरखास्त दिन पाउने बताइएको छ । कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यस्तै, कर्मचारी सञ्चयकोषका कर्मचारीहरुका लागि भने न्यूनतम ५० देखि अधिकतम २५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

इच्छुकले आगामी चैत १३ गतेसम्म सीआस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् । सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्थाबाट आवेदन दिन सकिने बताइएको छ । रसुवागढीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

यसैगरी, साञ्जेन जलविद्युत कम्पनीले संस्थापक शेयर धनी संस्था नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा रसुवा जिल्लाका सम्बन्धित स्थानीय निकायका कर्मचारीका लागि १२ लाख ७७ हजार ५ सय कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ३ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गरेको जनाएको छ । यो कम्पनीको आइपीओमा २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका तथा सो मितिदेखि विवरणपत्र स्वीकृत भएको मिति २०७४ मंसिर २६गतेसम्म थप भएका कर्मचारीले मात्र दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।
यो कम्पनीको आइपीओमा समेत चैत १३ गतेभित्र सीआस्वाबाट आवेदन दिन सकिने जनाइएको छ । यो कम्पनीले संस्थापक शेयर धनी संस्थाका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ३ सय कित्तासम्म र ऋणदाता संस्थाका कर्मचारीका लागि न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्म खरीदका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । साञ्जेनको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड र प्रभू क्यापिटल लिमिटेडले गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७