नेविसंघका अध्यक्ष महरलाई सशस्त्र प्रहरीका ड्राइभर


७ चैत्र २०७४, बुधबार
nebisang copy

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुसी पारी आइजीपी बढुवा हुनका लागि एआइजी शैलेन्द्र खनालले उनका पीए भानु देउवाका ज्वाई डीएसपी दीपेन्द्र कुँवरलाई एसपी बढुवा गर्नका लागि ३ महिने गणपति तालिमको अवधिलाई घटाएर १ महिनामा झारे ।

देउवाका पीए र आसेपासेहरुलाई खुसी पार्नका लागि उनले कसैका नातेदारलाई अवसर दिन गणपति तालिमको अवधि घटाए भने देउवाका निकट नेविसंघका अध्यक्ष नैनसिंह महरलाई सवारी चालक नै उपलब्ध गराएको खुलेको छ ।

nebisang copy
एआइजीपी कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महरको गाडी चलाउन सशस्त्र प्रहरीका सवारी चालक विष्णु शिवाकोटीलाई खटाएका छन् । महरले चढ्ने गरेको कालो रङको भक्सवागन गाडी सशस्त्रका जवान शिवाकोटीले डेढ बर्षदेखि चलाउँदैआएका छन् । सशस्त्रको तलवभत्ता खाएर चालक शिवाकोटीले महरको गाडी चलाउने गरेका छन् ।

राजनीतिक पार्टीका जनवर्गीय संगठनका अध्यक्षलाई पनि सशस्त्रको सवारी चालक दिने ब्यवस्था रहेछ नि भन्ने प्रश्नमा प्रवक्ता पाण्डेले कुन प्रयोजनमा दिएको हो, केही दिनका लागि दिएको हो कि भनेर अनभिज्ञता प्रकट गरेका छन् ।

२०७४ मंसिर १० र २१ मा भएको निर्वाचनमा कांग्रेसले नै जित्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने आँकलनका साथ एआइजी खनालले सशस्त्रको स्रोत साधन कांग्रेसका नेता खासगरी तत्कालीन प्रधानमन्त्रीका आसेपासेहरुलाई प्रदान गरे । उनले कांग्रेसका नेताहरुलाई चुनावमा मन खोलेरै आर्थिक सहयोग गरेका थिए । तर वाम गठबन्धनले बहुमत ल्याएपछि उनी ११ महिना पहिला एआइजी बढुवा भए पनि आइजीपी हुने कुरामा ढूक्क छैनन् । र, दैनिक माओवादी नेताको चाकडीमा धाउने गरेका छन् ।

विजय गच्छदारलाई गणेश लामामार्फत् थैली बुझाएर आफ्ना प्रतिस्पर्धीलाई उछिनेर डीआइजी र एआइजी भए पनि उनको बारेमा धेरै गुनासाहरु प्रधानमन्त्रीकोमा पुगेकाले उनी आइजीपी हुने संभावना कम रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७