ट्रम्पकी पूर्व यौन सहयात्रीको खुलासा : ट्रम्पले सुरक्षा साधन पनि लगाउँदैन थिए


९ चैत्र २०७४, शुक्रबार
trump5

काठमाडौं, ९ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कुनै बेलाकी यौन सहयात्री करेन म्यानडुगलले आफूहरुको सम्बन्धबारे पहिलोपल्ट मुख खोलेकी छन् । प्लेव्वाई पत्रिकाकी पूर्व मोडलले सीएनएनमार्फत ट्रम्पसँगको यस्तो सम्बन्ध खोलेकी हुन् । trump5

हामी निकट भएपछि उनले मलाई रकम दिन खोजेका थिए र वास्तवमै मलाई त्यो रकम कसरी लिने भन्ने थाहा पनि थिएन । ट्रम्पले रकम दिन खोजेका थिए ? भन्ने प्रश्नमा उनले भनिन्, ‘हो उनले दिन खोजेका थिए ।’ ‘त्यो बेला मेरो अनुहारको रङ्ग कस्तो भएको थियो होला म भन्न सक्दिन तर ज्यादै उदास भएको हुनुपर्छ’, उनले भनिन् । पहिलोपल्टको सम्पर्कपछि ट्रम्पले रकम लिन प्रस्ताव गरेपछि उनले के भनिन् त ? उनले ट्रम्पलाई भनिन्, ‘म त्यस्तो होइन, म त्यस्तो खालको केटी होइन ।’ अनि ट्रम्पले के भने त ? अनि उनले ‘ओहो, तिमी साँच्चै विशेष छ्यौ भने’, म्याकडुुगलले भनिन् । उनले थपिन्, ‘उनले त्यत्ति हल्ला रुपमा लिँदा मलाई चोट पुर्‍यायो ।

त्योबेला ट्रम्पले मेलानियासँग विहे गरेका थिए (२००५ को जनवरी २२ मा) । विहे भएको मान्छेसँग गाँसिदा आफूलाई पश्चात्ताप लागेको पनि उनले लुकाइनन् । त्यस्तो बेला के भन्न सकिन्छ र खिन्न हुँदै माफी माग्नुु बाहेक ? मलाई क्षमा दिनुस्, म आफैंले त्यस्तो भोग्न नपरोस् भन्ने मेरो चाहना थियो ।
म्याकडुुगलले यही हप्ताको शुरुमा दि न्याशनल इन्क्वेररको स्वामित्यमा रहेको अमेरिकन मिडिया आइएनसीविरुद्ध मुद्दा हालेपछि पहिलोपल्ट टेलिभिजनमा बालेकी हुन् । ह्वाइट हाउसले भने, सम्बन्धबारे आफूमाथि लागेका सबै आरोप ट्रम्पले अस्वीकार गरेको बताउँदै आएको छ । ट्रम्पको अस्वीकृतिप्रति म्याकडुुगलले भनेकी छन्, ‘मलाई थाहा छ, उनले आफ्नो परिवार र उनको छवि जोगाउन उनले अस्वीकार गर्दै आएको जस्तो लाग्छ ।’ तर यस्तो कुरामा झुट बोल्नु साँच्चिकै ट्रम्पको बच्काना हुने उनको तर्क छ ।

अन्तरवार्ताका क्रममा म्याकडुुगलले, ट्रम्पको रिपब्लिकनलाई भोट हालेको खुलासा पनि गरिन् । उनले भनिन्, ‘मैले ट्रम्पलाई नै भोट दिएँ’ ।’ अमेरिकी राष्ट्रतीय चुनावको पूर्व सन्ध्यामा दि वालस्ट्रीट जर्नलले, अमेरिकन मिडिया आइएनसीले म्याकडुगललाई १ लाख ५० हजार अमेरिकी डलर तिरेको खबर दिएको थियो । जर्नलका अनुसार, यही सम्झौताले म्याकडुुगलाई ट्रम्पसँगको सम्बन्धबारे बोल्न रोकेको हो । तर अमेरिकन मिडिया आइएनसीले भने म्याकडुुगलले सन् २०१६ देखिका राष्ट्रपति ट्रम्पसँगको सम्बन्धबारे म्याकडुुगललाई बोल्न कुनै बाधा छैन भनेको छ । म्याकडुुगलले, आफूले ट्रम्पसँगको सम्बन्धबारे सस्तो प्रचारबाजी नगरेको जिकिर पनि गरेकी छन् र उनले यसबाट केही पाउने चाहना पनि नराखेको बताइन् ।

यसरी टुुट्यो सम्बन्ध

ट्रम्पसँगको १० महिना लामो सम्बन्धप्रति आफैंलाई दोषी महसुस गरेरै सम्बन्ध तोडेको उनको भनाई छ । ‘मैले आफैंलाई हिनताबोध र दोषी महसुस गरें, मलाई भित्रभित्रै पोलिरहेको थियो’, उनले भनिन् । उनले पूराना कुरा सम्झिइन् । ट्रम्पले न्यूयोर्कस्थित उनको अपार्टमेन्ट ट्रम्प टावरमा लगेका थिए । त्यहाँ उनले मेलानियाको कोठा देखाए । ‘त्यो देखेपछि मैले आफूलाई एकमद दोषी जस्तो ठाने’ उनले भनिन्, त्यसपछि त मलाई त्यहाँ एकछिन पनि बस्नै मन लागेन । एकपल्ट दि एप्रेन्टिस (ट्रम्पले चलाउने कार्यक्रम) को पार्टीमा मेलानियासँग पनि भेट भएको थियो, त्यो बेला पनि आफूलाई नै दोषी ठानेर मैले उनीहरुसँग सामूहिक फोटो नखिचाएको उनको भनाइ । साथै ट्रम्पले बेला बेलामा आफूलाई उनी ठूली छोरी इभाङ्कासँग तुलना गर्ने गरेको उनको भनाइ छ । ‘ट्रम्पले मलाई उनकी छोरी जस्तै राम्री छ्यौ, थाहा छ, तिमी स्मार्ट छौ नि’’ भन्ने गरेको पनि उनले अन्तरर्वातामा खुलाइन् ।

म्याकडुुगलको भनाइमा ट्रम्पसँको उनको सम्बन्ध समर्पण र प्रेममा आधारित थियो । त्यसैले पनि उनीहरुवीच बारम्बार भेट हुन्थ्यो । ‘हामीहरु महिनामा कम्तिमा पाँचपल्टदेखि थुप्रै पटक भेट्थ्यौं’, उनले भनिन्, ‘सम्बन्धको बेला ट्रम्पले सुरक्षा साधन पनि लगाउँदैन थिए ।’ ‘आफूसँगको सम्बन्धको बेला ट्रम्प अरु महिलासँग लहसिएका थिए थिएनन् थाहा छैन, तर मलाई लाग्थ्यो, ‘म मात्रै थिएँ हुँला ।’ ट्रम्पसँगको अबैध सम्बन्धबारे पोर्न स्टार स्टोर्मी डेनियल्सको नामबाट चिनिने स्टेफाइन क्लिफोर्ड पनि अदालत गइसकेकी छन् । उनीसँगको सम्बन्ध पनि म्याकडुुगलसँगको सम्बन्धकै ताकाको हो । स्रोतः सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७