‘शत्रु गते’ हेरेपछि नेता श्रेष्ठले भने, ‘माधवजीले पनि हेर्न जाऔँ भन्नुभयो, चलचित्र हेर्दा राम्रो पाएँ’


२४ चैत्र २०७४, शनिबार
madhav nepal and narayan kaji shrestha movie satru gate

काठमाडौँ, २३ चैत । सधैँ राजनीतिक बैठक र कार्यक्रममा व्यस्त हुने दुई नेता आज साँझ नेपाली चलचित्र ‘शत्रु गते’ को दर्शक बन्न पुगेका छन् । madhav nepal and narayan kaji shrestha movie satru gate

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ बागबजारस्थित सिटी म्याक्समा पुगेर दुई घण्टा ‘शत्रु गते’ हेरेका हुन् ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले चलचित्र सामाजिक परिवेशलाई आधार बनाएको हुनाले राम्रो सन्देश दिएको बताए । उनले चलचित्रले दाइजो प्रथा, घरछिमेकीसँगको सम्बन्धबारे जान दिएको बताए ।

आफू राम्रो सामाजिक घटना प्रधानका चलचित्र हेर्न गरेको बताउँदै उनले ‘शत्रु गते’ पनि राम्रो सुनेर हेर्न आएको बताए ।

यस्तै केन्द्रका नेता श्रेष्ठले चलचित्रबारे राम्रो सुनेकाले हेर्न आएको बताए । ‘चलचित्रका बारेमा बाहिर पनि राम्रो सुनेको थिएँ,’ उनले भने,‘माधवजीले पनि हेर्न जाऔँ भन्नुभयो । चलचित्र हेर्दा सामजिक विषयवस्तुमा राम्रो देखाइएको पाएँ ।’

दुई नेतासँग प्रदेश सांसद पशुपति चौलागाईं, रचना खड्का, मञ्जु यादव र युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्तसमेत हेर्न पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७