गोर्खाहरुलाई सम्मान र समानता दिलाउन सरकारले ठोस पहल गर्छ: परराष्ट्र मन्त्री


२७ चैत्र २०७४, मंगलवार
pradip gyawali geso team
????????????????????????????????????

काठमाडौं, २७ चैत परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली गोर्खा सैनिकहरुलाई सम्मान र समानता दिलाउन नेपाल सरकार गम्भिर रहेको बताएका छन् । गोर्खाहरुले उठाइरहेको माग र मुद्दा सम्बोधन गर्न सरकारले कुटनीतिक पहल गर्ने उनको भनाई छ ।

pradip gyawali geso team 2

मंगलबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का प्रतिनिधि मण्डलसँग मन्त्री ज्ञवालीले भने,‘गोर्खाहरुको मुद्दा सम्मान र समानता प्राप्तिको लागि हो । सम्बोधनका निम्ती नेपाल सरकारले ठोस पहलकदमी लिनेछ ।’ उनले बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरु सम्मिलित टोलीले गोर्खाहरुको समस्या लिपिबद्ध गरिनु उपलब्धी भएको बताए । ती लिपिबद्ध समस्याहरुलाई सम्बोधन गराउन सरकारले कुनै कसर नगर्ने बताए ।
गेसोका उपसभापति मणि किरात वान्तवा सहित गएको गेसोको टोलीले पछिल्लो समयमा भएका उपलब्धीका बारेमा परराष्ट्र मन्त्रीलाई जानकारी गराएका थिए ।
गेसोको टोलीले गोर्खाहरुको समस्या अध्ययन गर्न बनेको त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम प्रतिवेदनको बारेमा परराष्ट्र मन्त्री ज्ञवाली जानकारी गराएका थिए । ब्रिटिस सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम दस्ताबेज मार्च २२ तारिख) बेलायती रक्षा मन्त्रालय (एमओडी) र नेपाल सरकारलाई बुझाइएको हो ।

pradip gyawali geso team
????????????????????????????????????

सेवा निवृत्त गोर्खा सैनिकहरुको समस्या अध्ययन गर्न बनेको त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदन बुझाई सकेको अवस्थामा तत्काल बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बनाउन पहल गरीदिन गेसोको आग्रह थियो । बेलायतस्थित नेपाली राजदूताबासका उच्च अधिकारका अनुसार बेलायत र नेपाल सरकारको सचिवस्तरीय वार्तामा त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको यहि प्रतिवदेनमाथि छलफल हुनेछ । प्रतिवदेनले सिफारिस गरेका र औल्याएका समस्या समधानका निम्ति त्यो वार्ताले टुङ्गो लगाउने छ ।
भेटमा एमाले केन्द्रीय सदस्य तथा भूपू सैनिक फाँटका इन्चार्ज हरिबहादुर राई, गेसो उपसभापति डम्बर ध्वज तुम्बाहाम्फे, गेसो मध्यमअञ्चल क्षेत्रिय समितिका अध्यक्ष विरध्वज राई, काठमाडौं अध्यक्ष सुनिता गुरुङ, सचिव इमानसिंह राई, कृष्णकुमारी सुब्बा, लोकतान्त्रिक किरात राई संघका महासचिव जीवन राई लगायत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७