त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनापछि सयौं यात्रु अलपत्र


७ बैशाख २०७५, शुक्रबार
679cf3157af69a41049af70ac442e98a

काठमाडौं, ७ बैसाख  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।

679cf3157af69a41049af70ac442e98a
त्रिभुवन विानस्थल काठमाडौंमा जहाज दुर्घटना भएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा दुवईको विमानस्थलमा अलपत्र सयौं यात्रु ।

अन्तर्राष्ट्रिय उडान प्रभावित भएका कारण त्रिभुवन विमानस्थलमा जहाज ओर्लिन नसक्ने भन्दै विभिन्न देशबाट उडान भर्ने तयारी गरिरहेका यात्रु युएईकै विमानस्थलमा अलपत्र परेका हुन् ।
युएईको सारजाह विमानस्थलमा अहिले एक सय भन्दा धेरै यात्रुहरु अलपत्र अवस्थामा छन् । युएईबाट नेपालका लागि उड्ने जहाज नेपाल नगएपछि यात्रुहरु बिचल्लीमा परेका हुन् ।5ad96efb114e4

युएईको सारजाह, दुबई र आबुधाबीबाट विभिन्न एयरलाइन्सले नेपालका लागि उडान भर्ने गरेका छन् । ती विमान्स्थलमा अन्य देशबाट नेपाल घुम्न आएका विदेशीहरु पनि ट्रान्जिटमा बस्नु परेकाले युएईको सारजाहमा अलपत्र परेका छन ।

आजैको टिकट लिएर ४ वर्षपछी घर फर्किन लागेका स्याङ्जाका बिष्णु गैरेले नेपाल फर्कन नपाएर अलपत्र परेको बताउनुभयो । नेपाल आउने नेपालीसहित विदेशी नागरिक पनि युएईकै विमानस्थलमै अलपत्र परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७