३३ किलो सुन प्रकरणमा एसपीदेखि पूर्वआइजीपीसम्म तानिंदै


१० बैशाख २०७५, सोमबार
DIG Prakash Arayal copy

काठमाडौं, १० बैशाख । साढे ३३ किलो सुन प्रकरणमा आइतबार पूर्व डीआइजी गोविन्द निरौला पक्राउ परेलगत्तै एसपी विकास खनाल पनि छानबिनमा परेका छन् ।

एसपी खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यरत रहेकै अवस्थामा एसपी खनाललाई तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले प्रहरी प्रधान कार्यालयमा तानेर निलम्बन गर्न लागेका थिए । तर तनहुँका एमाले सांसद किसान श्रेष्ठलाई प्रयोग गरी एमालेका उच्चनेताहरुलाई भनसुन गराएर उनी जोगिएका थिए ।

DIG Prakash Arayal copy
पूर्वआइजीपी प्रकाश अर्याल, पूर्वडीआइजी गोविन्द निरौला र एसपी विकासराज खनान ।

सुन प्रकरणको छानबिन गर्न गठित गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको संयोजकत्वको छानबिन समितिले पूर्वडीआइजी निरौलालाई पक्राउ गरिसकेपछि आइतबार बेलुका नै एसपी खनाललाई पनि तानेको बताएको छ ।

पूर्वआइजीपी प्रकाश अर्याल पनि यो सुन प्रकरणमा तानिने स्रोतको दाबी छ । पूर्व डीआइजी निरौलालाई उनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखेर अनुसन्धान भइरहेको छ । उनी पूर्वआइजी प्रकाश अर्यालसँगै २०७४ चैत २८ मा अवकाश भएका हुन् । अवकाश भएको ११ औं दिनमा उनी पक्राउ परेका छन् । निरौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख थिए ।

साढे ३३ किलो सुन प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी प्रहरी प्रधान कार्यालयमा तानिइसकेका छन् । उनीसँगै अपराध अनुसन्धान महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल पनि तानिएका छन् । उनीहरुविरुद्ध पनि छानबिन भइरहेको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए ।

गएको ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया सनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । त्यो सुन प्रकरण छानबिनका क्रममा पक्राउ परेका नेपाल वायुसेवा निगमका लोडर सुन प्रकरणमा ३ जनाको ज्यान गयो ।

साढे ३३ किलो सुन गएको फागुन १८ गते मोरङ उर्लावारीका सनम शाक्यको शव मोरङकै पोखरी भन्ने ठाउामा बा १२ च ५९६३ नंम्बरको स्करपियोको डिक्कीमा भेटियो । प्रहरीले अनुसन्धान गर्दै जाादा सनम सुन तस्करीसग जोडिएको खुल्यो । सनमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर गएको ३३ किलो सुन बीचैमा गायब पार्न खोजेपछि हत्या भएको भनिएको छ । सुरुमा शनम हत्याको आरोपमा ३ जनालाई पक्रिए पनि सुनका मालिक भनिएका गोरे भनिने चूडामणि उप्रेती फरार छन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुन गोरेले लगेर बिक्री गरेको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७