उभौलीमा धनकुटाको राजारानीमा सांगतिक धमाकासहितको मेला लाग्ने


१० बैशाख २०७५, सोमबार
rajarani

धरान, १० वैशाख । यही आउँदो वैशाखे पूर्णिमा (उभाैली)मा धनकुटाको राजारानीमा सांगतिक धकामासहितको मेला लाग्ने भएको छ । सोमबार धरानमा पत्रकार सम्मेलन गरी वैशाख १७ गतेबाट मेला लाग्ने जानकारी दिए । rajarani mahotsab

प्रदेश नं. १ कै पर्यटकीय गन्तव्य स्थल बन्न सक्ने राजाराजी प्रचार प्रसारको कमीका कारण ओझेलमा परेको भन्दै राजारानीका युवाहरूले पहिलो पल्ट सांगतिक साँझसहितको मेला लगाउन लागेको बताए ।

वैशाख १७ गते उद्घाटन हुने मेला ५ दिनसम्म चल्ने छ । मेलाको प्रत्येक साँझ राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुति हुने भएको छ । वैशाख १८ गते कलाकार विल्सन विक्रम राई, मेलिना राई,  सुनिता लिम्बु, कमल खत्री, जनगायक किशोर थुलुङ, पूर्वाञ्चल सिंगिङ्ग स्टार विजेता अमित थापा गरिमा डान्स सेन्टर लगायतका कलकारहरुले प्रस्तुति दिने कार्यक्रमा जानकारी दिए । साथै प्रदेश नंं १ स्तरीय फुटबल प्रतियोगिताको समेत आयोजना गरिने भएको छ ।

यस्तै कार्यक्रमा धरानदेखि ३४ किमी उत्तरको दुरीमा पर्ने राजारानी प्राकृतिक र सांस्कृतिक महत्त्वले धेरै धनी भए पनि प्रचारप्रसारको अभावमा आझेलमा परेपछि प्रचार–प्रसारकै लागि महोत्सवलाई भव्य बनाउन राष्ट्रिय कलाकारसहित सांगतिक साँझ लागिएको ‘राजारानी चण्डी पूर्णिमा मेला २०७५’का संयोजक विजु राईले जानकारी दिए । उनले मेलामा सांस्कृतिक महत्त्व झल्कने सांस्कृतिक कार्यक्रम समेत रहेको बताए ।

राजारानीलाई पर्यटकीय गन्तव्य स्थलको प्रचारप्रसारका लागि विगतको भन्दा फरक ढङ्गबाट कार्यक्रम आयोजना गर्न लागिएको राजारानीकी युवा पत्रकार तथा मिस नेशनल आइकनकी सेकेन्ड रनरअप मेरिना तुम्सा लिम्बु कार्यक्रममा जानकारी दिइन् ।

राजारानी धरानबाट ३४ किलोमिटर दुरीमा पर्ने र सवारी साधनमा २ घण्टाको दुरीमा पुग्ने सकिन्छ । राजारानी जाँदा दक्षिण एसियाकै ठुलो बर, मौन बुधुकमा लिम्बु जातिको चम्जोङहरुको पूर्खोली घर, सिद्धदेवी मन्दिर लगायत ठाउँहरू देख्न सकिन्छ ।

यस्तै १२ महिना चिसोे हुने यस स्थानमा ताल, नागबेली पार्क, काली झर्ना, सामलालुङधुम डाँडा, नजिकै रहेको जेफाले होम स्टे, सूर्योदयको दृश्य अवलोकन गर्ने पाइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७