यी हुन् विश्वका पाँच शक्तिशाली ह्याकर, जोसँग नासा पनि डराउँछ


२५ बैशाख २०७५, मंगलवार
hacker

काठमाडौं, २५ बैसाख । कम्प्युटरले मानव जातिको जीवनशैली नै परिवर्तन गरिदिएको छ । एउटै औंलाले संसारलाई हल्लाउने शक्ति धेरै कमले राख्छन् । ह्याकरहरु तिनै शक्तिशाली वर्गमा पर्छन् । विश्वका ५ जना ह्याकर यस्ता छन्, जोसँग नासा पनि डराउने गर्छ ।

hacker
तस्विर संकलन : गुगल

विश्वका नामुद ह्याकर मानिने यी व्यक्तिको विषयमा अमेरिकी अखबारले केही समयअघि रिपोर्ट तयार पारेको थियो ।

जोनाथन जेम्स

जोनाथनले यस्तो काम गरेका थिए, जसबाट नासा पनि अत्तालिएको थियो । न्यूयोर्क टाइम्सले जनाएअनुसार जोनाथन अमेरिकी सरकारको डाटाबेससम्म पुगेर नासाको नेटवर्कबाट अन्तरिक्ष स्टेशनको अपरेसनसम्बन्धी सबै गोप्य दस्तावेज निकाल्न सफल भएका थिए । जसका कारण नासाले आफ्नो नेटवर्क तीन सातासम्म बन्द गर्नुपरेको थियो । केही समयपछि उनी अमेरिकी प्रहरीको फन्दामा परे। जोनाथनविरुद्ध थुप्रै गम्भीर आरोप दर्ता भयो । उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका थिए । पछि उनले आत्महत्या गरे ।

रियान कोलिन्स

रियान कोलिन्स पनि खतरनाक ह्याकर मानिन्छन् । वासिंटन टाइम्सले जनाए अनुसार, उनले जेनिफर लरेन्सदेखि केट अप्टनको अश्लील तस्बिरहरू सार्वजनिक गरेका थिए । यसवापत उनी दण्डित पनि भए । उनी चर्चित सेलिब्रिटीहरुको मोबाइल फोनबाट निजी फोटो, म्यासेज र भिडियो चोर्न माहिर मानिन्छन् । उनी आइफोन र गुगलको पासवर्ड ह्याक गरेर आवश्यक जानकारी निकाल्छन् ।

अल्बर्ट गोन्जालेज

उनी यस्तो ह्याकर हुन्, जसले करोडौं मानिसलाई कंगाल बनाई दिएका थिए । इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, गोन्जालेजसँग १७ करोड मानिसको क्रेडिट कार्डको डिटेल्स थियो । जसलाई बेचेर उनले करोडौं आम्दानी गरे । यति मात्र होइन, उनी फर्जी पासपोर्ट, स्वास्थ्य बिमा कार्ड र जन्मदर्ताको प्रमाणपत्र पनि बनाउँथे । यो काण्डमा उनलाई ४० वर्षको सजाय सुनाइएको थियो । उनी अहिले जेल सजाय काटिरहेका छन् ।

केभिन मिटनिक

केभिन मिटनिक अमेरिकाको खतरनाक साइबर अपराधी मानिन्छन् । उनी गोप्य प्रोजेक्ट पनि ह्याक गर्ने खुबी राख्छन् । केभिनले अमेरिकाको राष्ट्रिय सुरक्षा एलर्ट कार्यक्रम नै भङ्ग गरिदिएका थिए । उनले कर्पोरेटको गोप्य फाइल समेत खोलेका थिए । यो घटनामा उनलाई २५ वर्ष जेल सजाय सुनाइएको थियो । यसपछि उनी ‘कन्सल्टेन्ट’ बनेका थिए । अहिले उनी साइबर सुरक्षालाई नयाँ दिशा दिन काम गरिरहेका छन् । केभिनको विषयमा हलिउडमा दुई वटा फिल्म बनिसकेको छ ।

केभिन पल्सन

केभिनले एउटा रेडियो स्टेशनको सिस्टम नै ह्याक गरेर शो नै जितेका थिए । त्यस वापत उनले निकै महँगो मानिने ‘पोर्स’ कार नै जितेका थिए । यसपछि उनी एफबिआईको आँखामा परेका थिए । अमेरिकी गुप्तचर प्रहरीले दुःख दिन थालेपछि उनले एफबिआईको सिस्टम नै ह्याक गरेका थिए । यो घटनामा उनलाई ५१ साताको सजाय भएको थियो । जेलबाट बाहिरिएपछि उनी पत्रकार बने र अहिले उनी अमेरिकी प्रहरीलाई सहयोग गर्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७