फौजदारी अभियोग लागेका सांसद निलम्बनको लागि एमाले सांसदद्वारा संशोधन दर्ता


२५ बैशाख २०७५, मंगलवार

काठमाडौं, २५ वैशाख । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने भन्दै एमाले सांसदहरूले संसदको नियमावलीमाथि संशोधन दर्ता गराएका छन् ।

samsad bhawan संसद भवनf

एमाले सांसदहरू भैरवबहादुर सिंह, नरबहादुर धामी र दामोदर भण्डारीले मंगलबार संसदमा संशोधन दर्ता गराएका हुन् । उनीहरुले ३ वर्ष वा सो भन्दा बढी कैद सजाय हुने सांसदलाई निलम्बन गर्ने व्यवस्था राख्नुपर्ने प्रस्ताव राखेको छ । हाल संसदको नियमावलीमा फौजदारी अभियोगमा सांसद पक्राउ परे पनि निलम्बन हुने प्रावधान राखिएको छैन ।

नियमावलीको दफा २४२ को (३) मा फौजदारी अभियोगमा पक्राउ परेको सांसद थुनामा रहँदा सदस्यको हैसियतमा कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने भन्ने शब्द राखिएको छ ।

यस्तै संसदमा कांग्रेसले पनि संसदीय समितिको संख्या घटाउन संशोधन दर्ता गराएको छ । कांग्रेसका मिनेन्द्र रिजालले समिति संख्या १० बाट घटाएर ६ वटा बनाउन पर्ने भन्दै संशोधन हालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७