नेपाली तेक्वान्दो प्रशिक्षक शर्माले जर्मनीमा अन्तर्राष्ट्रिय अवार्ड


२७ बैशाख २०७५, बिहीबार
b

काठमाडाैं,२७ बैशाख । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दीनेश शर्मालाई जर्मनी सेल्फ डिफेन्स फेडेरेशनले आयोजना गरेको ‘११ औंम्युनिकहलअफ अनर’मास्टर अफ द इयर’अन्तर्राष्ट्रिय अवार्डले सम्मानीत गरिएको छ ।b

ब्ल्याक बेल्ट ५ औं डान एवं तेक्वान्दोकाअन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रिएवं प्रशिक्षकसमेत रहेकाशर्माले गतअप्रिल २८ माजर्मनीको म्युनिकमाउक्त सम्मानपाएको नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ र  नेपाल तेक्वान्दो महासंघले जारी गरेको संयुक्त विज्ञप्तीमा जनाइएको छ ।
सानो उमेरमै अन्तर्राष्ट्रिय ख्यातीकमाएकाप्रशिक्षकशर्माले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमातेक्वान्दो मार्शल आर्ट क्षेत्रको विकास र विस्तारमा गरेको उल्लेखनीय योगदानको उच्चकदर गर्दै ‘११ औं म्युनिकहलअफ अनर’मा मास्टर अफ द इयर अवार्ड चुम्न सफलभएको विज्ञप्तीमा जनाइएको छ ।
मार्शल आर्टस्को ‘ओस्कार’को रुपमा परिचितम्युनिकहल फ अनर प्रत्येक वर्ष जर्मनीको म्युनिकमाआयोजनाहुने गर्दछ । विश्व भरीका ग्रान्डमास्टर, मास्टर एवं अन्तर्राष्ट्रिय पदकधारी खेलाडी तथाप्रशिक्षकहरुलाई म्युनिकहलअफ अनरको ग्रान्डमास्टर सम्मिलीत छनोट समितीले गरेको सिफारीसकाआधारमा सम्मान गरीने जनाइएको छ ।
यस अघि शर्माले अमेरीका, जर्मनी, बेलायत र भारत लगायतका देशबाट अन्तर्राष्ट्रिय सम्मानपाई सकेका छन् भने नेपालमाप्रधानमन्त्रि, खेलकुदमन्त्रिएवं विभिन्न संघसंस्थाहरुबाट दर्जनौ पटक पुरस्कृत भईसकेका छन् ।
बाराको निजगढ ३ सिंगौलमावि.सं. २०४३ भदौ ५ गते पिताशिवप्रसादहुमागाई मातादधिमायाहुमागाईको कोखबाट जन्मिएकाशर्माले बीरगंजबाट तेक्वान्दो करियर बनाएकाहुन् ।
राष्ट्रिय रुपमाख्यातिकमाएकावीरगंजकाप्रशिक्षकप्रमोद मानन्धरबाट निखारीएकाशर्माले पछि आइटिएफ तेक्वान्दोकाअध्यक्ष कृष्णबहादुर बलालसंगको सामिप्यतापछि अहिले काठमाडौंबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोलाई अगाडी बढाईरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७