३२ हजार फिटमा उडिरहेको विमानको अचानक झ्याल खुलेपछि…


१ जेष्ठ २०७५, मंगलवार
1526371678

काठमाडौं, १ जेठ । हवाई यात्रालाई छिटो, सहज र सुरक्षित यात्रा मानिने गरेको छ । तर, कल्पना गर्नुस् उडिरहेको जहाजको अचानक झ्याल खुल्यो भने के हो ?

1526371678
तस्विर : गुगल

चीनमा यस्तै घटना भएको छ । चीनको शिचुआन एयरलायन्सको विमान ३यू–६३३ मा अचानक ककपिटको झ्याल खुलेपछि विमानका को–पाइलट विमानको बाहिर नै झुण्डिएका छन् । यो घटना लगत्तै पुरै विमानमा हल्लीखल्ली मच्चिएको छ । तर पाइलटको विवेकका कारण अवस्थालाई नियन्त्रणमा लिइएको थियो ।

यो घटना भएको समयमा विमान करीब ३२ हजार फिटको उचाइमा थियो । हावाको गति तीव्र भएकाले यात्रुको सामान पनि यत्रतत्र भएको थियो । विमानमा भएको अधिकांश उपकरणले काम गर्न छोडेको थियो । उक्त समयमा पाइलट लियू सुआनजियानले यात्रुलाई स्थितिलाई आफू नियन्त्रण लिने बताउदै नआत्तिनका लागि आग्रह गरेका थिए । यसको २० मिनेटपछि लियूले विमानलाई सफल रुपमा अवतरण गराएका थिए ।

सिसा फुटे लगत्तै विमानभित्रको तापमानमा लगातार गिरावट आइरहेको थियो । सोही समयमा लियूले एयर ट्राफिक कन्ट्रोलमा विमानमा भएको घटनाको बारेमा जानकारी गराएका थिए । एटीसीको सहयोगबाट सफल अवतरण गराइएको थियो । विमानको झ्याल फुट्ने विषयमा अग्रिम रुपमा कुनै जानकारी आफूलाई नभएको र यो अचानक रुपमा फुटेको पाइलटले बताए ।

ठूलो दुर्घटनाबाट विमानलाई जोगाउन सफल भएकोमा पाइलटको प्रशंसा भएको छ । विमानमा सवार सबै यात्रु सकुसल र सुरक्षित भएको बताइएको छ । यो विमान चोङक्यूङबाट ल्हासाका लागि उडेको थियो । यो रुटमा १ सय भन्दा बढी उडान भरिसकेकाले यसको फाइदा भएको लियूले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७