अमेरिकाको डिभी चिठ्ठाको नजिता आज, कति बजे र कसरी हेर्ने नतिजा ?


१ जेष्ठ २०७५, मंगलवार
dv

काठमाडौं, १ जेठ । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज (मंगलबार) सार्वजनिक हुने भएको छ ।dv

अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट आज सार्वजनिक हुन लागेको अमेरिकी सरकारको आधिकारीक वेवसाइट डिभीलोटरी डट स्टेट डट जिओभीले जनाएको छ ।

अमेरिकी सरकारको आधिकारीक वेवसाइटका अनुसार आज मध्यान्न १२ बजे नतिजा सार्वजनिक हुनेछ । नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ । दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभी (https://www.dvlottery.state.gov) मा हेर्न आग्रह गरेको छ । डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचारमार्फत जानकारी नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे होशियार रहन अपील गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७