मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त, पाइलट–कोपाइलट दुबैको मृत्यु


२ जेष्ठ २०७५, बुधबार
lwPlv4im

सुर्खेत, २ जेठ । सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरको विमान हुम्लामा दुर्घटना हुँदा पाइलट र को–पाइलट दुवैको मृत्यु भएको छ ।

lwPlv4im
मकालु एयरको जहाज । तस्विर : फाइल

जहाज बिहान ६ जेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । विमानमा पाइलट किरण भट्टराई र को–पाइलट रहेको आदित्य नेपाली थिए ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार पाइलट र को– पाइलट दुवैको मृत्यु भएको हो । बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको ‘कार्गो’ जहाज हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको जनाइएको छ । घटनास्थलमा अहिले अर्को हेलिकोप्टर पुगेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७