नेपाल कम्युनिष्ट पार्टीले यसरी बनायो नयाँ इतिहास (फोटोफिचर)

बन्याे एसियाकै तेस्रो ठुलो कम्युनिष्ट पाटी


४ जेष्ठ २०७५, शुक्रबार
Nepali cummnist Party 2

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ठट पार्टीले स्थापनाको ६९ वर्षपछि नयाँ इतिहास बनाएको छ । बिहिबार राजधानीमा विशेष पत्रकार सम्मेलन आयोजना गरि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता गरि नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरे ।

सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाए ।

गत असोज १७ गते दुई पार्टीबीच छबुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए ।

घोषणासँगै अध्यक्षमा केपी ओली र प्रचण्ड रहनेछन् । केन्द्रीय सचिवालयमा ओली र प्रचण्डपछि बरियतामा माधव नेपाल रहेका छन् । त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा र बिष्णु पौडेल रहनेछन् ।

तत्कालिन एमालेका २६ र तत्कालिन माओवादी केन्द्रका १९ जना समेटेर स्थायी कमिटी गठन भएको छ । केन्द्रीय कमिटीमा तत्कालिन एमालेबाट २४१ र तत्कालिन माओवादीबाट २०० समायोजन गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ ।

नेकपाको संगठनमा १० तहका संरचना हुने भएका छन् । सबैभन्दा माथि केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी केन्द्रका संरचना हुनेछन् । त्यसपछि राष्ट्रिय परिषद रहनेछ । प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरु गठन हुनेछन् । पार्टी एकताको २ वर्ष्भित्रमा एकता महाधिवेशन हुनेछ ।

नेकपा घोषणसँगै एसियामा तेस्रो ठुलो पार्टी बनेको छ । कम्युनिष्ट पार्टी स्थापना भएको ६९ बर्ष २५ दिनपछि सबै भन्दा ठुलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी भएपछि एसियामा तेस्रो ठुलो दल बनेको छ । भने दक्षिण एशियाको पहिलोमा पहिलो दल बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

२०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा जम्मा ४ सिट मात्र नेपाल कम्युनिष्ट पार्टीले जितेको थियो । अब नेकपाको सात प्रदेश मध्ये ६ मा र ७५३ मध्ये ४०३ स्थानीय तहको सरकारमा छन् । प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ । भने प्रमुख विपक्षी नेपाली कांग्रेसको जम्मा ६३ सिट छ ।

विसं २००६ मा साउन ७ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । त्यतिबेला पाँच जना संस्थापक थिए । जसमा नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ थिए । नेकपा २०१९ बाट बिभाजन शुरु भएको थियो ।

२०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।

२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।

communist party nepal 1

communist party nepal 3

Nepali cummnist Party 2

KP oli And Prachand 1

 

KP oli And Prachand 6

KP oli And Prachand 7

KP oli And Prachand 10

KP oli And Prachand 12

KP oli And Prachand 18 Nepali cummnist Party 1

Kp oli केपी अाेली 3

 

DSC1652

Madhav Nepal

Bamdev ghautam

 

Sherdhan rai 1

Rajednra raiKP oli And Prachand 5

KP oli And Prachand 7prachand nati and sita dahal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७