राई विद्यार्थीद्धारा ‘१ नं. प्रदेश, किरात प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक


५ जेष्ठ २०७५, शनिबार
Kirat rai student union 12e
काठमाडौं ५ जेठ । किरात राईहरुको संस्था किरात राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाव अभियानहरु सञ्चालन गर्दे आएको छ । यसैक्रममा शनिबार किरात राई विद्यार्थी संघ यलखोम राज्य समन्वय समितीले ‘१ प्रदेश, किरात प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक गरेको छ । Kirat rai student union 12e
यायोख्खाको केन्द्रीय कार्यलय काठमाडौंमा एक कार्यक्रम गरि यायोख्खाका कार्यबाहक अध्यक्ष तथा संघका पूर्व अध्यक्ष दिवस राई लगायत सम्पूर्ण अतिथीहरुबाट सार्वजनिक गरिएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन जम्नेली राई, अध्यक्ष विर्सिका राई, सल्लाहकार तथा निवर्तमान महासचिव डेकिन्द्र कुमार राई, किरायका पूर्व उपाध्यक्ष तथा सल्लाहकार मणि कुमार राई, नेपाल सरकार सहसचिव बीर बहादुर राई, उपसचिव युवराज राई, किरात राई प्रज्ञा परिषदका कुलपति जय कुमार राई, किराया काठमाडौंका अध्यक्ष दिलिप बान्तावा राई, समाजसेवी तथा व्यवसायी इन्द्र कुमार राई, किरात राई युवा संघ अध्यक्ष सञ्जय राई लगायतका व्यक्तित्वहरुको कार्यक्रम उपस्थिती रहेको थियो ।
कार्यक्रममा मनतव्य राख्दै कार्यबाहक अध्यक्ष दिवस राईले प्रदेश नं. १ लाई किरात प्रदेश नाम राख्न शैयौं अभियान मध्ये विद्यार्थीले चलाएको अभियान प्रभावकारी र प्रंसशानीय भएको बताएको थिए ।Kirat rai student union 1
यसैगरी पूर्वअध्यक्ष अर्जुन जम्नेली राईले किरात नामाकरणको लागि प्रमुख दलका नेताहरुलाई जानकारी गराइसकेको जानकारी दिए । १ नम्बर प्रदेश भूगोल, सभ्यता र इतिहास भएको जनकारी हुदाहुदै नियत बस किरात नामकरण नभए उक्त भूगोलमा कडा आन्दोलन चर्किने उनले चेतावनी दिए ।
कार्यक्रममा टि–सर्ट निर्माण सहयोगकर्ता डेकिन्द्र कुमार राईले विद्यार्थीहरुको अभियानमा साथ र समर्थन दिन सहयोग गरेको बताए । संघका निवर्तमान महासचिव समेत रहेका उनले आफु संगठन रहँदा आर्थिक अभावकै कारणले राम्रो कामहरु चाहेर पनि गर्न नसकिएको बताउँदै सह सम्मान सह अस्तित्व मुक्ती र अधिकार प्राप्तीको लागि सँधै सकेको सहयोग हुने बताए ।
यसैगरी अध्यक्ष विर्सिका राईले संघका किरात प्रदेश निर्माणका लागि संघले विभिन्न कार्यक्रमहरु गरिरहेको बताएका थिए ।
Kirat rai student union 12
कार्यक्रमका संयोजक जितेन राईले अब प्रदेशहरुले गर्न लागेको प्रदेश नामांकनमा १ नं. प्रदेशलाई ‘किरात प्रदेश’ नामांकनका लागि १०० दिने दवाब आन्दोलनको क्रममा यलखोम राज्य समन्वय समितीले टि–सर्ट सार्वजनिक गरेको जानकारी दिए । उनले किरात प्रदेशका लागि प्रचार–प्रसार गर्नका लागि टि–सर्ट निर्माण गरिएको बताए ।
यस्तै उनले किरात प्रदेश’ उल्लेख भएको ठूला–ठूला होडिङ बोर्ड समेत बनाएको जानकारी दिँदै सार्वजनिक कार्यक्रमहरुको राखेर व्यापक प्रचार गरिने उनले बताए । उनले टि–सर्ट निर्माण सहयोग गर्न पारुहाङ आवस कम्पनी लिमिटेडका अध्यक्ष इन्द कुमार राई तथा डेकिन्द्र कुमारलाई सहयोग लागि विशेष धन्यवाद समेत दिए ।
कार्यक्रममा संघ केन्द्रीय सचिव तथा कार्यक्रम सञ्चालक रविन राईले समितिले प्रदेश नं. १ भुमि इतिहासदेखि नै माझ किरात र पल्लो किरात भनेर चिनिएको र त्यहाँ निवासी सबै जात जाती र समुदायले गर्व गर्न नाम किरात भएको बताए । उनले कार्यक्रमको गर्नु औचित्व बारे समेत सुरुमै प्रष्टाएका थिए ।
उनले टि–सर्ट विक्री वितरण लागि नभएको समते जानकारी दिए । तर कार्यक्रमलाई सहयोगार्थ शुल्क भने लिने बताए । कार्यक्रमपछि संघका अन्तर्गतका ४ इलाकालाई १०–१० वटाका दरले निशुल्क समेत वितरण गरिएको जानकारी बताए । उक्त टि–सर्ट यही जेठ ७ गते (सोमबार) त्रिभुवन विश्वविद्यालयमा हुन लागेको साकेला शिली कार्यक्रम समेत राखिन्ने भएको छ ।
संघले किरात प्रदेश निर्माणका लागि यसअघि २५ लाख हस्ताक्षर अभियानमा सक्रिय सहभागीता जनाएको थियो । भने प्रदेशका मुख्यमन्त्री शेरधन राई, सभामुख चन्द्र भण्डारी लगायतका नेताहरुलाई ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७