लाइसेन्स वितरणमा लाखौं हिनामिना गर्ने प्रनानिसहित तीन जना पक्राउ


७ जेष्ठ २०७५, सोमबार

काठमाडौं, ७ जेठ । लाइसेन्स वितरणमा लाखौं हिनामिना गरेको आरोपमा नेपाल प्रहरीका नायब निरीक्षक (सइ) सहित तीन जना पक्राउ परेका छन् ।nepal police

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सइ श्रीराम तिवारी तथा यातायात व्यवस्था कार्यालय एकान्त कुनाका कर्मचारीहरु ह्रिबहादुर थापा र मिनबहादुर लामालाई पक्राउ गरिएको हो । एकान्तकुनास्थित कार्यालयबाटै उनीहरु पक्राउ परेका हुन् ।

परीक्षा बिना नै उनीहरुले हेभी गाडीको लाइसेन्स वितरण गरेका थिए। यातायात व्यवस्था विभागले नै उनीहरुलाई कार्बाही गर्न अख्तियारमा पत्राचार गरेको थियो । सो हिनामिनामा यातायातका अन्य कर्मचारीहरु समेत संलग्न रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७