सन्दीपलाई गृहमन्त्री बादलले मन्त्रालयमै बोलाएर भने,‘नेपाल र नेपालीलाई विश्वमै चिनाउनु भयो’


११ जेष्ठ २०७५, शुक्रबार
Sandeep lamichhane and home ministry badal

काठमाडौं, ११ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०१८ मा उत्कृष्ट प्रदर्शन गरेर सबैको वाह–वाही पाएका सन्दीप लामिछानेलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले गृह मन्त्रालय बोलाएर बधाई दिएका छन् । मन्त्री थापाले बिहिबार सन्दीपलाई गृहमन्त्रालयमा बोलाएका हुन् ।Sandeep lamichhane and home ministry badalसन्दीप लामिछाने र गृहमन्त्री बहादुर थापा ‘बादल’ ।

गृह मन्त्रालयमा भएको भेटघाटमा गृहमन्त्री बादलले सन्दीप लामिछानेलाई स्वागत गर्दै भने खेलको माध्यमबाट नेपाल र नेपाली जनतालाई विश्वमै चिनाउने काम गरेको भन्दै खुसी व्यक्त गरे । मन्त्री थापाले भेटको अवसरमा भने आइपिएलमा सिकेको खेल कौशलता अब देशको राष्ट्रिय टिमबाट उपयोग गर्नसमेत सन्दीपलाई आग्रह गरे ।

कार्यब्यस्तताका बाबजुद पनि आफ्नो मन्त्रालयमा बोलाएर मन्त्री थापाले एउटा उदियमान खेलाडीलाई हौसला प्रदान गरे । सन्दिपलाई नेपाल सरकारले उच्च सम्मान गर्ने पनि भेटको अवसरमा भनेको ब्यवस्थाक रमन सिवाकोटीले जानकारी दिए ।

भेटघाटमा राष्ट्रिय क्रिकेट प्रशिक्षक जगत टमाटा,व्यवस्थापक रमन शिवाकोटी, वाइसियल महासचिव सुवोधराज सेर्पाली र कोषाध्यक्ष मिंङमा डन्डु शेर्पा पनि सहभागी थिए ।

सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सको टिमबाट अन्तिम ३ खेलमा सनसनिपुर्ण प्रदर्शन गरेका थिए । उनले ३ खेलमा कुल १२ ओभर गरेका उनले ८२ रन खर्चिएर ५ विकेट लिएका थिए । उनको प्रदर्शनकै मद्दतमा दिल्लीले अन्तिम दुई खेल जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७