आज राति हुने सन्दिप लामिछानेसहित विश्व–११ र विन्डिजबीचको खेल फेसबुकमा लाइभ हेर्न पाइने


१७ जेष्ठ २०७५, बिहीबार
sandip 2

काठमाडौं, १७ जेठ । नेपाली युवा स्टार सन्दिप लामिछानेले इङ्ल्याण्डको लर्ड्स मैदानमा आज खेल्ने च्यारिटी क्रिकेट म्याच फेसबुकमा लाइभ हेर्न पाइने भएको छ । sandip 2

ह्युरिक्यान रिलिफ टी–२० च्यालेन्ज नाम दिइएको उक्त च्यारिटी म्याच राति पौने ११ बजे लर्ड्समा हुँदैछ । त्यसमा सन्दिपले आइसीसी वल्र्ड–११ को प्रतिनिधित्व गर्दैछन् । इयान मोर्गनको कप्तानीमा उक्त टिम रहने भनिए पनि उनी घाइते भएपछि शाहिद अफ्रिदीले कप्तानी गर्ने छन् । टिममा सन्दिपसँगै १२ जनाको नाम सार्वजनिक भइसकेको छ । जसमा दिनेश कार्तिक, रसिद खान जस्ता खेलाडीहरु पनि समावेश छन् । यो टिमले विन्डिजसँग च्यारिटी म्याच खेल्न लागेको हो ।

उक्त खेलबाट उठेको रकम क्यारेवियन क्षेत्रमा क्रिकेट स्टेडियमा पुन निर्माणको लागि खर्च गरिने छ । खेल आइसिसीको फेसबुक पेजमा हेर्न सकिने आइसिसीले जनाएको छ ।

यस्तो छ टिम

आइसिसी वल्र्ड ११– शाहिद अफ्रिदी (कप्तान), साम बिलिङ्स, साम कुरान, तमिम इकबाल, टाइमल मिल्स, दिनेश कार्तिक, रसिद खान, सन्दीप लामिछाने, मिचेल म्याककेलनाघन, शोहेब मलिक, थिसारा परेरा, ल्युक रोन्ची, अदिल रसिद ।

विन्डिज – कार्लोस ब्रथवेट (कप्तान), सामुएल बद्री, रयाद एम्रिट, एन्ड्रे फ्लेचर, क्रिस गेल, इभिन लेविस, एस्ले नर्स, कीमो पाउल, रोभमान पावेल, डेनेस राम्दिन, एन्ड्रे रसेल, मार्लोन सामुएल्स, केस्रिक विलियम्स ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७