आरक्षण सिट अरुले नै ओगटे ? यो नम्बरमा फोन गर्नुस्


४ असार २०७५, सोमबार
a

काठमाडौं, ४ असार । यातायात व्यवस्था विभागले अपाङ्ग, महिला र ज्येष्ठ नागरिकको सिटमा अन्य यात्रु बसे खबर गर्न सूचना प्रकाशन गरेको छ । a

विभागले यसरी अटेर गरी सम्बन्धित समुदायको हकलाई संकुचन गर्ने कार्य कोहीबाट भए विभागको मोवाइल नम्बर ९८५१२७३२२२ मा फोन गर्न वा एसएमएस गर्न भनेको छ । सार्वजनिक यातायातमा छुट्याइएका आरक्षित सिट तोके बमोजिम उपलब्ध नभए कानुन बमोजिम कार्बाही गर्ने विभागले जनाएको हो ।

विभागले आरक्षित सिटको विषयमा पटक पटक गुनासो आएपछि विभागको मातहतमा रहेको यातायात व्यवस्था कार्यलय र ट्राफिक प्रहरीले अनुगमन गर्दा सम्बन्धित सिटमा अन्य यात्रु फेला परे कारबाही गर्ने जनाएको छ ।
सार्वजनिक यातायातमा छुट्याइएको आरक्षण सिटको सदुप्रयोगको लागि यस्तो निर्णय गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७