गर्मीमा कस्तो राख्ने केशको रङ्ग ?


४ असार २०७५, सोमबार
Khna dlya volos polza i vred

काठमाडौं, ४ असार । गर्मीमा केशको रङ्ग–‘गर्मी मौसममा लुकमा परिवर्तन ल्याउन हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । यसका लागि ओरेन्ज, बरगन्डी, रेड, गोल्डेन, मोगनी, कपर वा लाइट कलरजस्ता थुप्रै विकल्प उपलब्ध छन् तर स्वयंलाई स्टाइलिस, ग्ल्यामरस र आइ क्याची देखाउन वा भीडमा आफूलाई अलग रूपमा प्रस्तुत गर्न केशलाई रेड टोन दिनुपर्छ । यसमा सम्बन्धित विज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।’Khna dlya volos polza i vred

छाला अनुरूप केशको रङ्ग चयन

नेचुरल कलर– जब कुरा नेचुरल कलरको आउँछ तब धेरैले ब्राउन, रेड र बरगन्डी कलर प्रयोग गर्छन् । आफ्नो छाला टोनलाई ध्यानमा राखी कलर गराउनुपर्छ । छालाको टोन पहेंलो छ भने गोल्ड वा ब्राउन कलर प्रयोग गर्दा अनुहार बढी पहेंलो देखिन्छ ।

ब्राउन कलर– यो एउटा सेफ कलर हो । छाला कुल छ भने महोगेनी कलर, छाला वार्म छ भने एस ब्राउन कलर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बरगन्डी कलर– यो कलर निकै चर्चित छ । छालाको टोन ओलिभ वा एलो रंगको छ भने यो कलर छान्नुपर्छ । यो रङ्ग गाढा छाला टोनमा सुहाउँछ ।

रेड कलर– यो कलरका अनेकौं सेड उपलब्ध छन् । छाला धेरै गोरो छ भने कपर वा लाइट रेड प्रयोग गर्नुपर्छ, न कि ओरेन्ज । अलिभ छाला टोनमा ब्लु बेस रेड कलर प्रयोग गर्न सकिन्छ जुन गाढा रातो हुन्छ । छाला रातो छ भने रेड हेयर कलर गराउनु उपयुक्त हुँदैन ।

गोल्डेन कलर– यो रङ्ग इन्डोएसियन छाला टोनमा पटक्कै सुहाउँदैन । ब्ल्याक कलर र प्योर ब्ल्याक कलर पनि त्यति राम्रो देखिँदैन । अतः ब्ल्याकको साटो डार्क ब्राउन कलर प्रयोग गर्नुपर्छ ।

हाइलाइट्स–लो लाइट्स स् सम्पूर्ण केशमा कलर गराउने चाहना छ भने एकपटक हाइलाइट्स वा लो लाइट्समा ध्यान दिनुपर्छ । हेयर कलर छाला टोन भन्दा एक वा दुई सेड लाइट वा डार्क हुनुपर्छ, यसबाट केशलाई नयाँ लुक प्राप्त हुन्छ ।

–युवतीहरूलाई नीलो, पहेंलो, बैजनी र रातो रङ्ग सुहाउँछ । यी रङ्गको प्रयोगले उनीहरूमा नयाँ आकर्षण थपिन्छ ।

–रेड हेयर कलर ब्राइट सेड हुन्छ । त्यसैले यो कलरको प्रयोग भन्दा पहिले आफ्नो छालाको टोनमा ध्यान दिनुपर्छ ।

–इच्छाअनुरूप केशलाई रेडबाट ग्लोबल, सेडेड, स्टाइलिङ, स्ट्रिक्स ब्रिक वा हाइलाइट पनि गर्न सकिन्छ । त्यसो त रेड कलर गर्न छालाको टोन ध्यानमा राख्नु जरुरी हुन्छ । सामान्यतः फेयर छाला भएका मानिसलाई रेड कलर त्यति सुट गर्दैन । त्यसैले उनीहरूले मोगनी, गोल्डेन वा लाइट कलर प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७