प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान


५ असार २०७५, मंगलवार
Rss Images 1529384148503 RS KTM 20180619 0D3A7470

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Rss Images 1529384148503 RS KTM 20180619 0D3A7470
ओलीको अभिवादन….। प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीनको ६ दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । तस्बिर : रासस ।

प्रधानमन्त्री ओलीको चीन बसाईका क्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री ओली ११९ सदस्यीय टोलीका साथ चीन भ्रमणमा निस्किएका हुन् ।

टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा गायत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७