सदियौंको बन्धनबाट आज साउदी महिला अाजाद


१० असार २०७५, आईतवार
Saudi Arabia

साउदी, १० असार । साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । Saudi Arabia

यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो ।

साउदी अरबमा पनि महिलाहरुलाई सवारी साधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रुपमा लिएका छन् । साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीबादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताए । सवारी साधन चलाउने अनुमती पाएसँगै राजधानी रियादसहितका प्रमुख शहरहरुमा महिलाहरुले विहानैदेखि सवारी साधन चलाउन थालेका छन् ।

‘मलाई यो दिन आउँछ भन्ने पहिले नै थाहा थियो, तर सोचेभन्दा केही चाँडो आयो’, एक जना कार्यक्रम सञ्चालक तथा लेखक समर अल्मोग्रेनले भने । उनको थप भनाई थियो– मैले यो व्यवस्थासँगै आकाशमा उड्ने चरा जस्तै निकै ठूलो स्वतन्त्रताको महसुस गरेको छु । झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो ।

महिलालाई सवारी चलाउन दिने घोषणा भने अघिल्लो सेप्टेम्बर महिनामा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिने क्रम शुरु गरिएको थियो । महिलाहरूले सवारी साधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए । अनुमती नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको शहर रियादबाट दर्जनौँ महिला पक्राउ परेका थिए ।

साउदीको विद्यमान कानूनअनुसार यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधन गरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् । नयाँ अधिकार पाएसँगै कैयौँ महिलाले सवारी साधन चलाउने तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ ।

संयुक्तराज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । उनीहरुले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेका तर्क दिएका पनि विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघसंस्थाहरुले जनाएका छन् । रासस, एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७