ओलम्पिक कमिटीद्वारा शुटिङ्ग संघलाई शुटिङ्ग सामग्री हस्तान्तरण


१० असार २०७५, आईतवार
20180624 150131

 

काठमाडौँ ,१० असार: नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल शुटिङ्ग संघलाई शुटिङ्ग सामग्री हस्तान्तरण गरेका छन् ।20180624 150131

आइतबार ओलम्पिकको भवनमा उक्त सामग्री शुटिङ्गका पूर्व सदस्य राजु दर्शनको संयोजकत्वमा साउथ कोरियका कोच ह्वाङ्ग इन कवाङ्गलाई उपलब्ध गराइएको हो । कोरियामा भएको ईन्चोन एशियन गेम्समा ह्वाङ्ग इन कवाङ्गले नेपाली शुटिङ्ग खेलाडीलाई प्रशिक्षको रुपमा प्रशिक्षण दिएका थिए ।

ह्वाङ्ग इन कवाङ्गले ईण्डोनेशियाको जाकारतामा हुने आगामी एशियन गेम्सका लागि नेपाली शुटिङ्ग खेलाडीलाई शुभकामना सहित सहयोगको वचन दिएका छन् । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा मेडिकल कमिशनमा अध्यक्ष डा। सरोज कृष्ण श्रेष्ठ उपस्थित थिए ।

अध्यक्ष र अन्र्तराष्ट्रिय सेपाकताक्रो महासंघका डाइरेक्टरबीच भेटवार्ता

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले अन्र्तराष्ट्रिय सेपाकताक्रो महासंघका डाइरेक्टर जनरल तथा महासचिव डाटो अब्दुल हालिम विन कादर र नेपाल सेपाकताक्रो संघ पदाधिकारीहरु संग भेटघाट सहित मायाको चिनो साटासाट गरेका छन् ।20180624 162251
उक्त कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले सेपाताक्रो खेललाई विशेष रुपमा सहयोग गर्ने कुरा व्यक्त गरे ।यस्तै नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा नेपाल सेपाकताक्रो संघका संस्थापक अध्यक्ष ध्रुव बहादुर गुरुङ्को उपस्थिती रहेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७