चीनतर्फ ढल्किएको भन्दै भारतले लगायो माल्दिभ्समा नाकाबन्दी


११ असार २०७५, सोमबार
narendra modi

काठमाडाैं, ११ असार । माल्दिभ्सको नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तदा बढेको छ । दुई मुलुकबीचको सम्बन्धमा चिसोपना आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यकीय सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।narendra modi

भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेडले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको विजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ ।

भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ । माल्दिभ्सले मलुकका लागि आवश्यक पर्ने सबै खाद्य सामग्री आयात गर्दै आएको छ ।

चीनले माल्दिभ्सको पर्यटन र भौतिक संरचनाका क्षेत्रमा उल्लेखनीय लगानी गरिरहेको छ । माल्दिभ्स चीनतर्फ ढल्किएपछि भारतले खाद्य सामग्री निर्यातमा कटौती गर्न थालेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७