विमलेन्द्र निधिको दाबी, ‘संविधानको कार्यान्वयन कांग्रेसले मात्रै गर्न सक्छ’


११ असार २०७५, सोमबार
bimalendra Nidhi

बर्दिवास, ११ असार : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय संविधानको कार्यान्वयन नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र उन्नत अभ्यासका लागि कांग्रेसभित्र सुदृढ एकताको आवश्यकता औँल्याएका छन् ।

bimalendra Nidhi

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आज जिल्लाका अगुवा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले काँग्रेसभित्रको बिग्रहले पार्टीमात्र नभई लोकतन्त्र नै कमजोर हुने बताए । सङ्गठनभित्र सम्पूर्ण एकताको आवश्यक रहेको बताए । उनले भने, ‘यो मुलुकमा प्रजातन्त्र भन्नोस् वा लोकतन्त्र, काँग्रेसकै अगुवाइमा सम्भव भएको हो । कांग्रेसका जन्म नै प्रजातन्त्रका लागि भएकाले अहिलेको लोकतान्त्रिक संविधानको सफल कार्यान्वयन पनि काँगे्रसले नै गर्न सक्छ ।’ यसका लागि पार्टीभित्र सुदृढ एकताको खाँचो भने रहेको निधिको भनाइ थियो ।

संविधान घोषणाको तीन वर्ष नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतीय शासन प्रणालीको कुरा उप्काएर मुलुकलाई अस्थिर बनाउन खोजेको उनको आरोप थियो । उनले भने, “कम्युनिष्टहरु उपयोगको नीतिले संविधान मान्दैछन् । काँग्रेसका लागि त लोकतन्त्र उपयोगको कुरा हैन, जीवन पद्धति नै हो ।’

काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जनतासँग न्यानो सम्बन्ध विकास गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध सङ्गठित अभियान बढाउन कार्यकर्तालाई अपिल गरे कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताले पार्टी नेतृत्वबाटै विभाजित भएकामा रोष प्रकट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७