राजेश पायल राईले बनाए फेरि अर्को रेकर्ड, २३ वर्षअघिको गीतको निस्कियो यस्तो भिडियो


२१ असार २०७५, बिहीबार
rajesh payal rai 19 bhadau 2074

काठमाडौं, २१ असार । साँगीतिक क्षेत्र नयाँ प्रयोग गर्न माहिर चर्चित गायक रेकर्ड ब्रेकर गायकका रुपमा समेत चिन्छिन् । उनले फेरि एउटा रेकर्ड ब्रेक गरेका छन् ।rajesh payal rai 19 bhadau 2074

गायक राजेश पायल राईको सर्वा्धिक लोकप्रिय गीत ‘बैगुनी रै’छौ मायालु’ ले नौलो कीर्तिमान कायम गरेको छ । झण्डै २३ वर्षअघि रेकर्ड गरिएको उक्त गीतको कुनै म्युजिक भिडियो निर्माण गरिएको थिएन । रेकर्ड भएको झन्डै साढे दुई दशकपछि म्युजिक भिडियो बन्ने सम्भवतः यो पहिलो नेपाली गीत हुनुपर्छ ।

भरत बमजनको शब्द तथा वसन्त मुकारुङको संगीतको उक्त गीत गायक राजेशपायल राईको सांगीतिक करियरकै टर्निङ प्वाइन्ट थियो । दुई दशकअघि नेपालमा म्युजिक भिडियो निर्माणको क्रम नै प्रारम्भ नभएकाले उक्त गीत भिडियोका रूपमा आएको थिएन ।
यद्यपि अहिले आएर नेपाल टेलिभिजनका सञ्चारकर्मी दीपक समिरले यसलाई भिडियोको स्वरूप प्रदान गरेका छन् ।

समीरकै निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो केही दिनमै दर्शकमाझ आउँदैछ । भिडियोमा अभिनेता श्रीदेव भट्टराई, पुरुषोत्तम नेपाली तथा वर्षा चौलागाईंले अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७