साम्राज्ञी–मयंकबीचको प्रेम ‘ब्रेकअप’, मयंकले लेखे यस्तो


२४ असार २०७५, आईतवार
samragyee

काठमाडौं, २४ असार । लामो समयदेखि अदृष्य प्रेम सम्बन्धमा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम सम्बन्ध ब्रेकअप भएको छ ।samragyee

डेजाभु क्लबका सञ्चालक मयंक खड्कासँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी साम्राज्ञीले आफ्नो प्रेम सम्वबन्ध सार्वजनिक नगर्दा नगर्दै टुटेको हो । साम्राज्ञी र मयंकले आफ्नो सम्बन्धलाई कहिल्यै सार्वजनिक गरेनन् । मिडियाबाट जोगिन उनीहरुले लुकीलुकी भेटघाट गरिरहे । चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका लागि दोस्रो पटक लण्डन उडेपछि साम्राज्ञी र मयंकबीच चिसोपन बढेको चर्चा भइरहेको छ । तर, उनीबीच यो भन्दा अघि नै खटपट शुरु भएको स्रोतले जनाएको छ ।

डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका सञ्चालकहरुलाई समातेको थियो । सो समयमा मयंक पनि एक रात जेल बसेका थिए । सोही समयदेखि नै साम्राज्ञीले मयंकसँग दूरी बढाएको स्रोतको दावी यस्तै साम्राज्ञीलाई मयंकले शंका गर्न थालेकाले सम्बन्धमा चिसोपन बढेको पनि चर्चा चल्न थालेको छ । तर, यसबारे साम्राज्ञीले मुख खोलेकी छैनन् । तर, मयंकले भने, मैले शंका गरें रे, कति हाँस्नु ? भन्दै स्टाटस लेखेका छन् । यसले पनि उनीहरुको सम्बन्धको दूरी बढेको स्पष्ट संकेत दिन्छ ।

चलचित्र तिमीसँगको प्रिमियरमा मयंक पुगेपछि उनीहरुबीच सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । तर, अहिले यो जोडी अलग भएको छ । मयंकले साम्राज्ञीसँग ब्रेकअप भएको आफू निकट केही साथीहरुलाई समेत सुनाएका थिए । मयंक र साम्राज्ञीको सामाजिक सञ्जालमा युगल तस्बिर बग्रेल्ती भेटिन्छन् । साम्राज्ञी, मयंकको डेजाभु क्लबमा पनि देखिने गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७