श्रीमानको लिङ्ग सानो भएको भन्दै सम्बन्धविच्छेद, जनप्रतिनिधि नै चकित


२४ असार २०७५, आईतवार
iuu 4

सुनसरी, २४ असार । वर्षेनी सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । यसरी हुने सम्वन्ध विच्छेदका कारणहरुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाह, जब्बरजस्ती विवाह जस्ता कारणहरु प्रमुख देखिएका छन् ।iuu 4

तर, सुनसरीमा भएको एक सम्बन्ध विच्छेदको घटनाले पती–पत्नीको झगडा मिलाउन कोशिस गर्ने जनप्रतिनिधि मात्र होइन यो झगडाको कारण सुन्ने सबै चकित परेका छन् । श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमतीले सम्वन्ध विच्छेदको माग गरेपछि पञ्चहरुको भेला एकछिन त चकित प¥यो । अन्ततः दुवैलाई अलग हुने बाटो खोलिदिएको छ । विवाह भएको ६ महिनासम्म राम्रो सम्बन्ध रहेको जोडीमा तव खटपट बुरु भयो । जब श्रीमतीले आफूलाई यौन सन्तुष्टि नपुगेको भन्दै श्रीमानसँग सम्वन्ध बिच्छेदको माग राखिन् ।

परिवारमा कलह बढ्दै गएपछि बाहिरिएको सो विषय अन्ततः वडा कार्यालयसम्म पुग्यो । वडाध्यक्षसहितका जनप्रतिनिधिलगायत समाजका अगुवाहरुको उपस्थितिमा डाँकिएको भेलामा महिला र पुरुष दुवैले आ–आफ्नो समस्या सुनाए । भेलामा श्रीमानले राम्रोसँग पाल्दै आएको र कुनै दुःख नदिएको बताइरहे पनि श्रीमतीले श्रीमानले आफ्नो यौन इच्क्षा पूरा गर्न नसकेको, श्रीमानको लिङ्ग सानो भएको र आफ्नो इच्छा आकांक्षा दबेको भन्दै सम्वन्ध बिच्छेद बाहेकको विकल्प नरहेको अडान छोडिनन् ।
वडा सदस्य समेत रहेका इनरुवा नगरपालिकाका न्यायिक समिति सदस्य रञ्जेश भट्टराईले सम्वन्ध बिच्छेदको घटनाको प्रकृति फरक र

अचम्मित पार्ने खालको भएको बताएका छन् । भट्टराईका अनुसार आफ्नो व्यथा दुबैले पोखेका थिए । सदस्य भट्टराईका अनुसार भेलामा उपस्थित महिलाले विवाहको लामो समयसम्म श्रीमानबाट यौन सन्तुष्टिको आशा राखेर घरजम गरी बसे पनि श्रीमानबाट यौन सुखको अनुभूति पाउन नसकेपछि बुढा–बुढीबीचको गोप्य कुरो समाजमा ल्याउन बाध्य भएको भन्ने विषयको खुलासा गरेकी हुन् ।

श्रीमतीले आफूले श्रीमान छाड्न चाहेको बताएपछि समाजले दुवैको मञ्जुरीमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको छ । वडाध्यक्ष सुरेन्द्र यादव श्रवणले वडामा दुई वटा सम्वन्ध विच्छेदका घटना महिलाको इच्छा अनुरुप आपसी मञ्जुरी कायम गरी भएको बताएका छन् । महिलाले स्वयम् आफू बस्न नचाहने भन्दै यौन चाहना पूरा गर्न नसकेको कारण देखाएपछि समाजका अगुवाहरुको रोहवरमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गरिदिने गरेको यादवले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७