अब सह–सचिव, उपसचिवको खुल्ला प्रतिष्पर्धा नहुने


२५ असार २०७५, सोमबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 2

काठमाडौं, २५ असार । निजामती सेवाका सह–सचिव र उपसचिव पदमा अब खुला प्रतिष्पर्धाबाट प्रवेश नपाइने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिष्पर्धाको प्रावधान गराउन नपाइने उल्लेख छ ।sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 2

मन्त्रालयले अर्थ मन्त्रालयको सुझावअनुसार ९० प्रतिशत पदपूर्ति ज्येष्ठताका आधारमा र १० प्रतिशत अन्तर सेवा प्रतियोगितात्मक परीक्षाबाट गर्ने गरी विधेयक मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको छ । १० प्रतिशत अन्तर सेवा, २० प्रतिशत आन्तरिक र ७० प्रतिशत ज्येष्ठताका आधारमा सहसचिव उपसचिव पदपूर्ति गर्ने अर्थ मन्त्रालयको प्रस्तावलाई मन्त्रालयले स्वीकृत गर्न लागेको छ । कानुन मन्त्रालयले अर्थको समेत सहमति लिएर प्रस्तावित विधेयक रायका लागि पेश गर्न सुझाएको थियो ।

अर्थले ‘अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा १० र ज्येष्ठताका आधारमा ९० प्रतिशत सहसचिव–उपसचिव पदपूर्ति गर्न उपयुक्त हुने सुझाव असार १४ मा सामान्य प्रशासन मन्त्रालयलाई दिएको थियो । कतिपय प्रशासकले भने सहसचिव उपसचिव पदमा खुल्ला प्रतियोगितालाई निषेध गर्न नहुने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७