अब व्यापारीले महिनाभरका लागि सुन किन्न पाउने


२७ असार २०७५, बुधबार
Capture 1

काठमाडौं, २७ असार । अब सुनचाँदी व्यवसायीले एक महिनासम्मका लागि आवश्यक सुन एकै पटक किन्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७५–७६ को मौद्रिक नीतिमा व्यापारीले एकमुष्ट सुन किन्न पाउने व्यवस्था गरिएको छ ।Capture 1

वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण व्यापारीले उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइने भएको छ ।

सुनचाँदी व्यवसायीहरुले राष्ट्र बैंकबाट इजाजतपत्र लिई विदेशी, गैरआवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा त्यसका लागि थप सुन उपलब्ध गराउने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७