एक महिनाकाे व्यापार घाटा १ खर्ब १४ अर्ब


२९ असार २०७५, शुक्रबार
Byapar Ghata

 

काठमाडौं, २८ असार: एक महिनामै मुलुकको व्यापार घाटा १ खर्ब नाघ्न थालेको छ। जेठ महिनामा मात्रै मुलुकको व्यापार घाटा १ खर्ब १४ अर्ब पुगेको छ। त्यसअघि बैशाख महिनाको व्यापार घाटा १ खर्ब ३ अर्ब थियो।Byapar Ghata

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १० खर्ब ३३ अर्ब व्यापार घाटा देखिएको छ।

साउनदेखि बैशाखसम्मको १० महिने अवधिमा ९ खर्ब १९ अर्बको व्यापार घाटा देखिएको थियो भने साउनदेखि चैतसम्मको ८ खर्ब १६ अर्ब थियो। एघार महिनाको यो व्यापार घाटा रकम कुल ग्रार्हस्थ्य उत्पादनको ३४. ४ प्रतिशत हो।

गत आर्थिक वर्षको ११ महिनाको यसै अवधिमा ८ खर्ब २७ अर्ब व्यापार घाटा रहेको थियो। एक वर्षको अवधिमा २ खर्ब ६ अर्बले व्यापार घाटा बढेको छ। निर्यातभन्दा आयातको दर उच्च देखिँदा व्यापार घाटा बढ्दै गएको छ। बस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेसिनरी तथा पार्टपूर्जा, सवारीसाधन तथा पार्टपूर्जाको आयात सबैभन्दा उच्च छ।

व्यापार घाटा उच्च भएकै कारण एघार महिनाको यस अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोडले घाटामा गएको छ। गत वर्षको सोही अवधिमा यो ८२ अर्ब ११ करोडले बचतमा थियो। मुलुमा भित्रिने र बाहिरिने रकमको अन्तरको तथ्याङ्कलाई शोधनान्तर स्थितिले जनाउँछ। नेपालमा आउने प्रत्येक्ष वैदेशिक लगानी, रेमिट्यान्स तथा यहाँको व्यापार घाटाले शोधनान्तर स्थितिलाई असर पार्दछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७