कोरियामा कामदार तलव वृद्धि, नेपालीको कति बढ्यो ?


३१ असार २०७५, आईतवार
korea

काठमाडौं, ३१ असार । दक्षिण कोरियामा कामदारको तलबमा झण्डै ११ प्रतिशतले बढेको छ । दक्षिण कोरिया सरकारको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।korea

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तलब वृद्धिको निर्णय इपिएससहितका कामदारको हकमा लागू हुनेछ। अब दक्षिण कोरियामा काम गर्ने कामदारको तलब प्रतिघण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर हुनेछ।

यो निर्णयले इपिएसमार्फत दक्षिण कोरिया पुगेका नेपालीहरु समेत प्रत्यक्ष लाभान्वित हुने छन् । नेपालस्थित इपिएस कोरिया शाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७