सुस्तावासीले दुई करोड ४६ लाख क्षतिपूर्ति पाउने


३२ असार २०७५, सोमबार
susta

नवलपरासी, ३२ असार । पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत दुई करोड ४६ लाख १२ हजार रकम प्राप्त गर्ने भएका छन् ।susta

नेपाल सरकार सिंचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो । क्षति बेहोरेका किसानले गण्डक सिँचाइ व्यस्थापन डिभिजन कार्यालयमार्फत उक्त रकम पाउने छन् । धेरै मेहनतपछि मात्र रकम निकासा गर्न सकिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

बर्षेनी डुबानमा पर्ने र क्षति बेहोरिरहेका पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने भएपछि खुशी व्यक्त गरेका छन् । किसानले रकम निकासा पाउने भएपछि गाउँपालिका कार्यालयसहित सबै सरोकारवाला निकायप्रति खुशी व्यक्त गरेका छन् । गत वर्ष डुबानमा परेका सुस्ता गाउँपालिका वडा नम्बर १ र २ लगायत विनयी त्रिवेणीको ६ र ७ का पीडित किसानले क्षतिपूर्ति बापतको रकम पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७