भारतलाई पछि पार्दै नेपाललाई टिम च्याम्पियनको उपाधि


३२ असार २०७५, सोमबार
37237376 2189588764603569 3495504523063984128 n

काठमाडौं, ३२ असार । नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि हात पारेको छ ।
नेपालले एकैसाथ तीन ठूला उपाधि जितेको छ ।37237376 2189588764603569 3495504523063984128 n

काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ५३ स्वर्ण, ५५ रजत र ८० काँस्यका साथ टिम च्याम्पियनको उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको भारतले ४३ स्वर्ण, ४० रजत र ३९ काँस्य हात पार्न सफल भयो । तेस्रो स्थानमा रहन सफल तुर्किमिनिस्तानले ७ स्वर्ण, २ रजत र एक काँस्य हात पारेको छ ।

नेपालले जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण, ४३ रजत र ६१ काँस्य पदम प्राप्त गर्दा दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ काँस्य हात पारेको छ । नियरतर्फ भने नेपालले भारतलाई निक्कै पछि पार्न सफल भएको छ । नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ काँस्य जित्दा दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण, १७ रजत र २७ काँस्यमा चित्त बुझाउनु परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७