उपन्यास ‘बन्दरगाहामा आमा’ सार्वजनिक


१ श्रावण २०७५, मंगलवार
amaa

काठमाडौं, १ साउन । लेखक चन्द्र इङ्नामको पहिलो उपन्यास ‘बन्दरगाहामा आमा’ सार्वजनिक भएको छ । वेलायत निवासी इङ्नामले राजधानीमा सोमबार एक कार्यक्रममा गरी उपन्यास सावजर्निक गरेका हुन् । उपन्यासलाई ‘इन्डिगो इन्क’ले प्रकाशनमा ल्याएको हो ।amaa

कार्यक्रममा उपन्यास लेखक एवं आख्यानकार राजन मुकारुङ, पत्रकार दीपक सापकोटा र समीक्षक बन्दना ढकालले पुस्तक सार्वजनिक गरे ।

इङ्नामले पूर्वी नेपालको किराँत समुदायकी आफ्नै आमाको कथालाई उठान गरेर उपन्यास लेखेका बताए । आफ्नी दिवंगत आमाको स्मरण गर्दै उपन्यासमार्फत सबै पाठकहरूको साझा आमा बनाएको बताए ।

यस्तै कार्यक्रममा उपन्यास भावना र अनुभूतिमा मात्र केन्द्रीत नरहेर समग्र सामाजिक जनजीवनको कथामा केन्द्रीत रहेको आख्यानकार राजन मुकारुङले बताए । किराँत समुदायको संस्कृतिमा आधारित भएकाले पुस्तक निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा पुस्तकमाथि बोल्दै समीक्षक बन्दना ढकालले आम नेपाली नारी र आमाहरूको मनोविज्ञानमाथि लेखिएको ‘बन्दरगाहामा आमा’ले नेपाली समाजको यथार्थ बोकेको बताइन् ।

यस्तै पत्रकार तथा निबन्धकार दीपक सापकोटाले बन्दरगाहामा आमाले नेपाली आमाहरूको साझा बिम्ब उतारेको बताए । ‘उपन्यासको कथाले नेपाली आमाहरूको अर्थ राजनीति तथा सामाजिक परिवेशको यथार्थ उजागर गरेको छ ’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७