मन्त्री थापाको निर्देशनमा एकै दिनमा बाँडियो एक करोड (सूचीसहित)


१ श्रावण २०७५, मंगलवार
thammaya thapa magar

काठमाडौँ, १ साउन । समाज कल्याण परिषद्ले एकै दिनमा एक करोड रुपैयाँ रकम बाँडेको छ । आर्थिक वर्षको अन्तिममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री एवं परिषद्की अध्यक्ष थममाया थापा अध्यक्षतामा बसेको बैठकले ३३ वटा संघरसंस्थालाई ९९ लाख ७५ हजार रुपैयाँ बाँडेको हो ।thammaya thapa magar

मन्त्री थापाको अध्यक्षतामा असार २१ गते बसेको कार्यसञ्चालन समितिको वैठकको निर्णय अनुसार उक्त रकम बाँडिएको हो । परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्टले प्रस्तावहरुको अध्ययन गरेर नै बाँडेको बताए । उनले बजेट फ्रिज हुन दिनुभन्दा आवको अन्तिममा भए पनि रकम बाँड्नु उपयुक्त हुने देखेर निर्णय गरिएको बताए ।

बाँडिएको रकमा न्यूनतम दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म रहेको छ । पाँच लाख र चार लाख पँचार हजार रुपैयाँ पाउने एक संस्था रहेको छ । महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाले पाँच लाख पाएका छन भने म्याग्दी मगर समाज, काठमाडौंलाई चार लाख पचास हजार रुपैयाँ बाडिएको छ ।

यस्तै दुई लाख पचास हजार पाउने ११, तीन लाख पाउने ११, तीन लाख पँचास हजार पाउने ३, चार लाख पाउने ३ संस्था रहेको छ ।

कुन संस्थाले कति पाए ?
१. असल शासन कलब, जिसस दार्चुला : रु ३,००,०००/
२. म्याग्दी मगर समाज, काठमाडौं, : रु. ४,५०,०००/
३. सामुदायिक वातावरणीय विकास केन्द्र कन्चनपुर : रु, ३,५०,०००/
४. नव प्रतिभा समुह, कैलाली : रु, ३,००,०००/
५.सोलुखुम्बु फाउण्डेसन, सोलुखुम्बु : रु, ३,५०,००० /
६. महिला सशक्तिकुरण समाज, कन्चनपुर  : रु,३,५०,०००/
७. परिवर्तन समाज नेपाल, डोटी : रु, ४,००,०००/
८. महिला उत्थान समाज, बैतडी : रु, ३,५०,००० /
९. महिला मुक्ति मन्च, डडेल्धुरा : रु, ३,००,०००/
१०. पुकार अपांग अशक्त समाज, झापा : रु, २, ५०,०००/
११. जनहित कल्याण महोत्तरी : रु २,५०,००० /
१२. शान्ति समाज नेपाल , काठमाडौं, : रु, २,२५,०००/
१३. मानवअधिकार र विकास केन्द्र, सिरहा : रु,४,००,०००/
१४. दलित सेवा संघ, सिन्धुली : रु २,००,०००/
१५. क्यान्सर समाज नेपाल, काठमाडौं : रु ३,००,०००/
१६. जनसेवा युवा उत्थान केन्द्र धनुषा : रु४,००,०००/
१७. जीत वं सिंजाली मगर साहित्य प्रतिष्ठान, काठमाडौं : रु २,००,०००/
१८ नारी उत्थान केन्द्र कन्चनपुर : रु, ३,००,०००/
१९ समृद्ध कर्णाली अभियान हुम्ला : रु २,५०,०००/
२०. बन्धु मिलन युवा समिति, बझाङ : रु२,५०,००० /
२१. महिला तथा बालबालिका उद्धार केन्द्र गोरखा : रु ५,००,०००/
२२. समृद्धि नेपाल : रु३,००,०००/
२३. समृद्धि मन्च कालिकोटा: रु ३,००,०००/
२४. बहुउद्देश्य अनुसन्धान विकास र नमुना नेपाल, काठमाडौ : रु २,५०,००० /
२५.राष्ट्रिय शारीरिक अपांग संघ ललितपुर : रु २,५०,०००/
२६. एकीकरण नेपाल गोरखा : रु २,५०,००० /
२७. किताबी चरो काठमाडौं : रु २,५०,०००/
२८. एपी थेरापी एशोसिएसन काठमाडौं : रु, ३,००,०००/
२९. भिजन नेपाल सिन्धुली : रु, २,५०,०००/
३०. दुर्गा दशरथ स्मृति प्रतिष्ठान, कैलाली : रु २,५०,०००/
३१.हिल नेपाल काठमाडौं, : रु, ३,००,०००/
३२. महिला मानव अधिकार जागरण अभियान झापा : रु, ३,००,०००/
३३. गतिशील जनचेतना अभियान गुल्मी : रु ३,००,०००/

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७