ब्रिटिश गोर्खामा नेपाली महिला : भर्तीबारे चासोसँगै, बढ्दै तयारी


४ श्रावण २०७५, शुक्रबार
102603249 timplelimbu

काठमाडौं, ४ साउन । नेपाली महिलाहरूलाई ब्रिटिश सेना भर्ना लिने खबर सार्वजनिक भएसँगै कतिपय युवतीहरूले त्यसप्रति चासो देखाउन थालेका छन् ।102603249 timplelimbu

११ वर्षअघि बेलायती सेनामा भर्ना लिने चर्चा चलेपछि धरान–१५ की टिम्पल लिम्बूले भर्ना हुनका लागि तयारी तालिम गरिन् । तालिमपछि उनी र उनका श्रीमानले धरानमा पुरुषहरुका लागि ब्रिटिश सेनामा भर्ती हुनका लागि तयारी शारीरिक अभ्यास तालिम केन्द्र खोलेका छन् । महिलालाई भर्ती लिने खबर थाहा पाएका टिम्पलका चिनजानका युवतीहरूले फोन गरेर तालिमका लागि जानकारी लिइरहेका छन् ।

सहभागी

आगामी सन् २०२० देखि महिलाहरू पनि ब्रिटिश सेनामा भर्ना हुन पाउने खबर सुनेर टिम्पललाई खुशी लागेको छ । उनले भनिन्, ‘मेरो त उमेर गयो । यस्तो खालको अवसर छोरालाई मात्र दिने चलन छ । यो हटाउनु पर्छ । छोरीहरूले पनि यो अवसर पाएमा परिवारका लागि केही गर्ने मौका पाउँछन् ।’ ब्रिटिश सेनामा महिलाहरूलाई पनि भर्ती लिने खबर ११ वर्षअघि पनि चलेको थियो ।

यो खबरसँगै बेलायती सेनामा भर्नाका लागि शारीरिक अभ्यास तालिम प्रदेश एक अन्तर्गत पूर्वी पहाडी जिल्लाबाट करीब १५० भन्दा बढी महिलाहरूले एकै साथ धरानमा तालिम लिएको तालिममा सहभागी टिम्पल लिम्बूले बताइन् । उनले भनिन्, ‘हामी महिलालाई पनि सेनामा भर्ती हुने अवसर आयो भन्दा खुशी लाग्यो । गर्दै गरेको नोकरी पनि छोडेर तालिम लिन आएँ । कमाई राम्रो हुने परिवार र आफ्नो भविष्य पनि सुरक्षित हुने आशाले सेना जाने निर्णय गरेको थिए ।’

गाह्राे

तालिमका क्रममा महिलाहरूले सिटअप, पुसअप, दौडसँगै सैनिक शिक्षाको अभ्यास गरेको लिम्बूले बताइन् । शारीरिक अभ्यास तालिम निकै कठिन भयो । त्यसमध्ये पनि टिम्पललाई हेभिङ गर्न भने निकै गाह्राे भयो ।
यस्तो कठिनाइ भोग्दा बेलायती गोर्खा सैनिकमा भर्ना हुनका लागि पुर्खाहरूले र केटाहरूले कति धेरै दुःख गरेका रहेछन् भन्ने महसुस भएको टिम्पलले बताइन् । यसरी शारीरिक अभ्यास गरिरहँदा उनीहरूलाई हेर्ने मानिसको भिड लाग्थ्यो । टिम्पलले भनिन्, ‘केटीहरू पनि कुदेको हेर । ल, बुहारीहरू सबै लाहुरे हुने भए छोराहरूले को ल्याउने भन्दै बुढापाकाहरूले हामीहरूलाई जिस्क्याउँथे ।’

छनोट

महिलाहरूले ब्रिटिश सेनामा भर्ना हुने चर्चा चलेसँगै तयारी पनि गरे । तर उनीहरूलाई छनोट प्रक्रियामा समावेश गराइएन । भर्ना नलिएपछि आफूसँगै तालिममा सहभागी सबै साथीहरू निरास भएको टिम्पलले बताइन् । उनले भनिन्, ‘अभिभावकले छोरीहरूलाई बाहिर निस्कन हुँदैन । यस्तो तालिमहरू लिनु हुँदैन भन्ने चलन छ ।

त्यत्रो खर्च गरेर गएका थियौं । कति दुःख गरियो । पसिना धेरै बगाइयो तर पछि नलाने भनेको सुनेपछि धेरै रोएका थियौं । त्यो सम्झँदा अझै पनि नराम्रो लाग्छ । रुन आउँछ ।’ ब्रिटिश सेनामा भर्ती हुनका लागि धरानमा करीब ३० वटा भन्दा बढी पूर्व तयारी तालिमहरू सञ्चालनमा छन् । प्रदेश–१ र पश्चिम नेपालका युवाहरू धरानमा तालिम लिन आउने तालिम केन्द्रहरूले जानकारी दिएका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७