पीआरवाला सहसचिव ढकाल यातायातको महानिर्देशक


१७ श्रावण २०७५, बिहीबार
labanya dhakal

काठमाडौं, १७ साउन । लालबाबु पण्डित अघिल्लो पटक सामान्य प्रशासन मन्त्री हुँदा स्थायी रुपमा बिदेशमा बस्ने अनुमति(पीआर) र डीभी लिएका कर्मचारीलाई जागिर वा पीआरमध्ये एक रोज्न आह्वान गरे । उनको अभियानले सार्थकता पनि पाएको थियो । पीआरवाला तत्कालीन अर्थमन्त्रालयका सचिव नवराज भण्डारीले राजीनामा नै दिएर विदेशिए । अरु पनि धेरै कर्मचारीहरुले जागिर छाडे । धेरै कर्मचारीहरुले पीआर त्यागेका थिए । त्यसरी पीआर लिनेमध्येका एक सहसचिव लावण्यकुमार ढकाललाई सरकारले यातायात ब्यवस्था विभागको महानिर्देशक बनाएको छ ।

labanya dhakal
लावण्यकुमार ढकाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार उनलाई विभागको महानिर्देशकमा खटाएको हो । यातायात ब्यवस्था विभागको महानिर्देशक जेठ ४ देखि खाली थियो । विभागमा सिन्डिकेट खारेजीमा महत्वपूर्ण भूमिका निभाएका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेपछि रिक्त थियो । ३ महिनादेखि निमित्त महानिर्देशकका भरमा विभाग चलिरहेको थियो ।

विभागको महानिर्देशकमा खटाइएका ढकाल राजस्व समूहमा हुँदा विभिन्न भन्सारको प्रमुखका रुपमा कार्यरत थिए । भैरहवा भन्सारदेखि सबै भन्सारमा बसी अकूत सम्पत्ति आर्जन गरेका ढकाल पीआरधारी कर्मचारी हुन् । लालबाबु पण्डितले अघिल्लो पटक सामान्य प्रशासन मन्त्री हूँदा डीभी पीआरधारी कर्मचारीलाई जागिर रोज्ने कि विदेश रोज्ने भनेपछि उनले पीआर त्यागेका हुन् । उनी एमालेका तर्फबाट भरतमोहन अधिकारी जतिपटक अर्थमन्त्री भए, त्यति नै पटक महत्वपूर्ण भन्सारको प्रमुख हुने सौभाग्य पाएका हुन् ।

यातायात ब्यवस्था विभागमा स्वच्छ छविका सहसचिवलाई महानिर्देशक बनाउने अपेक्षा गरिए पनि ढकाल जस्ता बदनामलाई लगिएको छ । यसले केपी ओली सरकारको सुशासन गफमात्र सावित गरेको छ । लावण्य ढकाल अर्थको राजस्व समूहका अति भ्रष्ट कर्मचारीका रुपमा चिनिन्छन् ।

त्यसैगरी गृहमन्त्रालय अन्तर्गत जुन जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा पनि आर्थिक रुपमा बदनाम भएका सहसचिव बेदबहादुर कार्की पनि यातायातको महानिर्देशक हुने दौडमा थिए । भौतिक मन्त्रालयमा सरुवा भई यातायात ब्यवस्था विभागको महानिर्देशक हुने दाउमा उनी लागे पनि अन्ततः उनी असफल भएका छन् । बर्दिया, पर्सादेखि काठमाडौंको सहायक सीडीओ हुँदा घुस नखाई केही काम नगर्ने भनेर चिनिएका उनलाई तत्कालीन सरकारले सप्तरीमा सरुवा गरेको थियो । सप्तरीमा सरुवा नहुनका लागि उनले निकै जोडबल गरे । उनी उपसचिव हुँदा तत्कालीन भरतपुर नगरपालिकाको कार्यकारी अधिकृत पनि भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७