प्रहरीको गोली प्रहारबाट नायिका नायिका भेनेसाको मृत्यु


१७ भाद्र २०७५, आईतवार
Vanessa Marquez Death 1 ZzIiSKrvez

काठमाडौं, १७ भदौ । चर्चित टेलिभिजन श्रृङ्खला ‘इआर’ को नियमित भूमिकामा खेल्ने नायिका भेनेसा मर्केजको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको छ ।

Vanessa Marquez Death 1 ZzIiSKrvez
भेनेसा मर्केज

लस एन्जेल्सको पासाडेनाको उनको कोठामा गएको बिहीबार प्रहरी पुग्दा उनले प्रहरीलाई पेस्तोल देखाइन् । प्रहरीले पनि आत्मरक्षाको लागि फायर गर्दा उनलाई गोली लाग्यो र तत्काल मृत्यु भयो । मर्केजले साँच्चस्कै पेस्तोल नभएर बच्चाको खेलौना पेस्तोल देखाएको थाहा भयो । तर त्यतिबेलासम्म उनको ज्यान गइसकेको थियो ।

आफूलाइ गोली हान्न लागेको भनेर प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको बताइएको छ । त्यही गोली लागेर उनको मृत्यु भएको हो । मर्केजको घरबेटीले उनी मानसिक बिरामी भएकोले उनलाई नियन्त्रणमा ल्याउनको लागि प्रहरीलाई बोलाएकी थिइन् । त्यसैले त्यहाँ आएका प्रहरीलाई देखेर उनले खेलौना पेस्तोल देखाउँदा प्रहरीले स्वचालित पेस्तोल हो भन्ने सोचेर प्रतिकार गर्ने क्रममा गोली लागेको थियो ।

४९ वर्षीया भेनेसा मर्केजले सन् १९९४ देखि १९९७ सम्म एउटा टिभी श्रृङ्खलामा नर्सको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै उनले पछि अरु शोहरु जस्तै ‘सेनफिल्ड’ र ‘मालरोज प्लेस’ मा पनि नायिकाको भूमिका निभाएकी थिइन् । गएको वर्ष उनले ‘इआर’ शोका स्टार जर्ज क्लूनीले उनलाई यौन दुव्र्यवहार र जातीय विभेद गरेको पोल खोलेको भन्दै क्लूनीले उनलाई शोबाट हटाएका थिए । यही कारण उनी गरिबी र चिन्ता झेलिरहेकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७