उडान थालको तीन सातमै निगमको वाइडबडी ‘ग्राउन्डेड’, ढोका कुच्चिएको भेटियो


३० भाद्र २०७५, शनिबार
The second wide body aircraft A330 200 of Nepal Airlines Corporation NAC


काठमाडौ, २९ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को एयरबस ३३० वाइडबडी विमान ‘ग्राउन्डेड’ भएको छ । गत साउन ११ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको मकालु नामको वाइडबडी विमान उडान सुरु गरेको तीन साता नबित्दै ‘ग्राउन्डेड’ भएको हो ।

The second wide body aircraft A330 200 of Nepal Airlines Corporation NAC



बहुचर्चित वाइडबडी विमानमा कुच्चिएको भेटिएपछि उडान सुरु भएको २१ दिनमा नै ‘ग्राउन्डेड’ भएको हो । गएको भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको यो जहाजको सामान राख्ने तथा निकाल्ने ढोका कुच्चिएको भेटिएको छ । बिहीबार बिहान दिल्लीबाट काठमाडौं आइपुगेको विमानमा इन्जिनियरहरुले निरीक्षण गर्दा कार्गोको ढोकामा कुच्चिएको देखेका थिए । स्रोतका अनुसार यसको छानविन सुरु भएको छ ।

वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ ल्याइएको थियो । निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।


निगमले सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुई वटा विमान खरिद गरेको हो ।

विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बढी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमसँग एयरबसका दुईटा न्यरोबडी ३२० जहाज पनि छन्। तर, यीमध्ये सगरमाथा नाम दिइएको जहाजमा चरा ठोक्किएपछि ८ दिनदेखि ग्राउन्डेड छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७