बलिउडका ‘डान्सर’ अभिनेता गोविन्दले भने प्रधानमन्त्री ओलीलाई


१ आश्विन २०७५, सोमबार
images cms image 000056854

काठमाडौं, १ असोज । नेपाल भ्रमणमा रहेका बलिउड ‘डान्सर’ अभिनेता गोविन्दले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज (सोमबार) भेटवार्ता गरेका छन् ।

images cms image 000056854

एलजी सिने सर्कल अवार्डमा सहभागी हुन शनिबार नेपाल आएका गोविन्दले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

अभिनेता गोविन्दले आइतबार बिहान पशुपतिनाथ पुगेर दर्शन समेत गरेका थिए । आइतबारै दिउँसो एलजी सिने सर्कल अवार्ड कार्यक्रममा सहभागी भएका उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७