आज तेस्रो स्थानको भिडन्त, अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको चुनौतीे


२ आश्विन २०७५, मंगलवार
u 19 cricket team

काठमाडौं, २ असोज । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ ।

u 19 cricket team
फाइल फोटो

लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो ।

अफगानिस्तानले ५० ओभरमा आठ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । फगानिस्तानको लागि रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे ।

बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले दुई÷दुई विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७