यो वर्षको दशैं महँगो बन्दै, डलर महँगिदा दशैं पनि महँगो


३ आश्विन २०७५, बुधबार
Preparations for Dashain festival

काठमाडौं, ३ असोज । नेपालीको घर–आँगनमा विस्तार महान चाड दशैं नजिकिंदै छ । दशैं नजिकएसँगै अभिभावकहरुमा दशैंको लागि खर्चबर्चको चाँजो मिलाउने चिन्ता बढेको छ ।

Preparations for Dashain festival
Illustration: Ratna Sagar Shrestha/ THT

उसै त महँगी बढिरहेका बेला यो वर्षको दशैं थप महँगो बन्ने देखिएको छ । जसका कारण विगतमा गरिएको दशैंको खर्च जोहो र गोजीले यस पटकको दशैंलाई धान्न नसक्ने देखिएको छ । यसको मुख्य कारण हो–कमजोर देखिएको नेपाली रुपैंयाँ । नेपाली रुपैयाँ अमेरिकी डलरसँग फेरि कमजोर भएको भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११७ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । भारु कमजोर भई १ डलर बराबर ७२.९६ रुपैयाँ पुगेको छ ।

स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुन साथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्ने गर्छ र बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ ।

गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै १२ रुपैयाँले कमजोर भएको छ । यसअघि बैंकरहरुले १२० रुपैयाँ पुग्ने अनुमान गरेका छन् । पछिल्ला २ दिनमा डलर कमजोर हुदै गएपनि मंगलबार पुनः मजवुत भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ ।

डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो भएपछि  इण्डोनेसिया र टर्कीको मुद्रा धेरै कमजोर हुन पुगेको छ ।
यस्तो हुन्छ डलर बलियो हुँदा बेफाइदा

डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ ।

यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ ।

विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ ।राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ ।

नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७