बलात्कारको ‘बात’ लगेपछि रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाटै आउट


१९ आश्विन २०७५, शुक्रबार
skynews ronaldo portugal football 4338029

काठमाडौं, १९ असोज । एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो उक्त आरोप भारी बनेको छ ।

skynews ronaldo portugal football 4338029

बलात्कारको बात लागेसँगै पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट रोनाल्डो बाहिरिएका छन् ।
उनले ११ अक्टोबरमा पोल्याण्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलाई नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय म्याचमा पनि राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको छ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णय स्वयम् रोनाल्डो र पोर्चुगल फुटबल फेडरेशनबीचको वार्तापछि लिइएको हो । ‘हामीले वार्तापछि तत्कालका लागि रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिममा उपस्थित नगराउने निर्णय लिएका छौँ ।’

रोनाल्डो समकालिन विश्व फुटबल जगतमा अर्जे्न्टिनाका लियोनेल मेसीसँगै विश्वकै महानतम् खेलाडीको सूचीमा दरिन्छन् । उनले पोर्चुगलका लागि १५४ खेल खेल्दै ८५ गोल गरिसकेका छन् ।

रोनाल्डोद्वारा आरोप अस्वीकार

रोनाल्डोमाथि अमेरिकाकी एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । पीडित महिलाका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासमा उनीमाथि बलात्कार गरेका थिए । तर रोनाल्डोले यो आरोप अस्वीकार गरिसकेका छन् ।

उनले ट्वीटमा लेखेका थिए, ‘म आफूमाथि लागेको बलात्कारको आरोपलाई इन्कार गर्छु । यो घृणित अपराध हो र यसको समाजमा कुनै स्थान छैन, म पनि यही कुरामा विश्वास राख्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७