असोज २४ देखि सार्वजनिक सवारीलाई रुट परमिट, पालो पर्खनु नपर्ने


१९ आश्विन २०७५, शुक्रबार
gadi

काठमाडौं, १९ असोज । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) दिने भएको छ ।

gadi

विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताउँछन् ।

‘दशैँको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुन्छ’, उनी भन्छन् । विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ ।

ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१ सम्म नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७