सरकार पोर्न साइट बन्द गराउँदै, यता पोर्न साइट हेर्ने नेपाली बढ्दै


२१ आश्विन २०७५, आईतवार
porn

कञ्चनपुर, २१ असोज । पोर्न साइटले यौन हिंसाको घटना बढाइरहेको भन्दै सरकारले यस्ता साइटमा प्रतिवन्ध लगाइरहेका बेला नेपालमा भने यो साइट हेर्ने नेपाली भने बढिरहेको पाइएको छ ।

porn

नेपालमा बलात्कारका घटना बढ्दै गएपछि सरकारले पोर्न साइट बन्द गर्न इन्टरनेट सर्भिस प्रोभाइडरहरुलाई निर्देशन दिए पनि त्यो प्रभावकारी नभएको नेपालीहरुको आनीबानीले देखाएको छ ।

केही समय यसको प्रयोगमा कमी आए पनि अहिले प्रयोग पूरानै अवस्थामा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नेपाल टेलिकमले १६ हजार पोर्न साइट् बन्द गर्नका लागि निर्देशन दिइएको अघिल्लो साता जनाएको थियो । यसैगरी, सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पनि संसदीय समितिमा बोल्दै पोर्न साइट् बन्द गरिए पनि प्रभावकारी नभएको बताएका थिए ।

अहिले नेपालमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोगमार्फत पोर्न साइट हेर्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काठमाडौंमा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीका एक निर्देशकले जनाएअनुसार नेपालमा त्यस्ता साइटहरु पूर्ण रुपमा प्रतिबन्ध लगाउन कठिन काम हो । किनकी अनधिकृत रुपमा समेत ती साइट हेर्न सकिने भएकाले यसको पहुँच रोकन कठिन हुने उक्त कम्पनीको दावी छ ।

पोर्न साइट एक्सह्याम्स्टरले निकालेको पछिल्लो तथ्यांकले बीचमा केही समय यस्ता साइट हेर्ने घटे पनि अहिले पूरानै अवस्थामा आएको छ ।
पोर्न मुभी हेर्ने नेपालीको ग्राफचित्र

963735453Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७